default_image

6 years ago

October 16, 2019

‘मेरा लागि पारस पहिले नै कप्तान भइसकेका थिए’

183 views

0 Bookmark

पवित्रा राउत,काठमाडौं

के छ कप्तान? मेरो प्रश्न ।

जवाफ: कप्तान होईन भाई भन्नुस भाई।

किन कप्तान ? मेरो प्रतिप्रश्न ।

जवाफ: कप्तान त सधै म रहन्न, तर भाइ सदैव रहिरहन्छु।

यति हुँदा हुँदै पनि मैले कहिल्यै पारसलाइ ‘कप्तान’ भन्न छाडिन । यसको मतलव उ मेरो भाई थिएन या होइन भन्ने पनि होइन ।

सन् २०११ मा काठमाडौंमा भएको एसीसी टि-ट्वान्टी क्रिकेट प्रतियोगिताका दौरान कप्तान पारस खड्कासँग यो संवाद भएको थियो। कप्तान र भाईको यो संवादको शिलशिला हाम्रो भेटमा चलिरहेकै थियो।

तिनै पारसले एक दशकको कप्तानी भूमिकावाट विश्राम लिएको खबर मंगलबार अचानक सुन्न पर्दा अरु सबै सरह म पनि आश्चर्यमा परे । अहिले पनि परिरहेकी छु । के अब साँच्चै उनि कप्तान रहेनन् त? मैले अब कप्तान भन्न नपाउने भए? मुड अफ भयो । काम गर्न मन लागेन। फोन गरेँ । ‘मसँग कुरा भयो अव खुशिसँग काम गर्नुहोस’ पारसले हाँसेर जवाफ फर्काए।

पारसलाई नेपाली क्रिकेटले कप्तान सन् २००९ मा बनायो । तर मेरा लागि उनी त्यस अघि नै कप्तान भईसकेका थिए । यही कारण म उनलाइ भाई भन्दा धेरै ‘कप्तान’ सम्बोधन गर्न मन पराउँथे । यो कारण मैले पारसलाइ समेत भनेकी छैन । घरेलु प्रतियोगितामा स्कोरिङ् गरिरहदा नै मैले पारसलाइ चिनिसकेकी थिएँ ।

अन्तरस्कूल प्रतियोगिता देखि नेपालको जूनियर टिममा खेलाडी रहँदा उनी मेरो मन पर्ने व्यक्तित्व थिए । यसका कारण छन् । पहिलो कारण त उनी यति दुब्ला र अग्लो थिए की खेलाडीहरुमा उनको पृथकता सजिलै झल्किन्थ्यो । अहिले पनि खासै फेरिएका छैनन् । दोश्रो उनको खेल र टिमका अरु सदस्यप्रतिको व्यवहार यति सहज थियो की नेतृत्वको पारा सहजै अनुमान गर्न सकिन्थ्यो ।

एउटा विशेषता झनै बेग्लै थियो । आफूले खेलका हरेक इनिङ् पछि उनी स्कोरिङ् डेस्कमा आउथे । पहिले आफ्ने प्रदर्शन केलाएर हेर्दथे । धेरै रन बन्यो या धेरै विकेट हात पर्यो भनेर उनी मख्ख पर्दैनथे । कमजोरी केलाउन (बल, रन अतिरिक्त रन) तल्लिन हुन्थे। आफ्नो मात्रै हैन टिमकै प्रदर्शन विस्तृतमा केलाउथे ।

उनको यो लक्षणले नै कप्तानी झलक दिन्थ्यो। हो कहिलेकाँही मेरो होचो उचाइसँग ठट्टा गरेर मलाइ छेक्दै बाउन्ड्री लाइनमा मेरो अगाडी नउभिएका भने होइनन् यी कप्तान। तर त्यो अमूल्य अनुभवको सून्दरताको महत्व झनै प्यारो र अविस्मरणीय छ मेरा लागि ।

भाई/कप्तान पारससँग यति नजिक भइए छ की आज यो ब्लग लेख्दै गर्दा हामी दुईको फोटो खोजेको एउटा मात्र पाएँ त्यो पनि शरद, पारस र मेरो।

शायद तस्बिर लिने आवश्यकता महसुस नै भएन । न घरेलु प्रतियोगितमा, न अन्तराष्ट्रिय प्रतियोगितामा । न सन् २०१४ को बंगलादेशमा भएको आइसीसी टिट्वान्टी विश्वकप क्रिकेटमा । झल्याँस सम्झिए ।

एउटा फोटो थियो एमसीसीको टीम नेपाल आउदा पिच नजिकै खिचेको जसमा म बिचमा मेरो दायाँ र बायाँ पारस र शक्ति गौचन थिए: ‘नेपाल भारत र चिन’ को साइज जस्तै देखिने, कता हराएछ । त्यो पनि भेटिन ।

खेलाडीका रुपमा पारसले बनाएको किर्तीमान र कप्तानको रुपमा उनले नेपाललाइ दिलाएको सफलताको ज्ञान नेपाली क्रिकेटमा समर्थकलाइ कण्ठै छ । जुन बयान मलाइ गर्नु छैन । कप्तानबाट विश्राम लिए पनि पारस खेलाडीका रुपमा मैदानमा अझै चम्किनेछन् र यस्ता किर्तीमान थपिदै जानेछन् । यसमा शंका गर्नु पर्ने ठाउँ छैन ।

व्यक्तिका रुपमा पारसका धेरै संगतिलाइ, टिमका खेलाडीलाइ उनको व्यवहार थाहा छ । तर क्रिकेट मैदानमा पहिलो महिला स्कोररको रुपमा प्रवेश गर्दा भएको हिच्किचाहट, पूरुष मैत्री क्रिकेट मैदान यी विविध अप्ठयाराहरु बिच क्रिकेटरहरु नै मेरो परिवार थिए । यस्तैमा विनोद दास, शक्ति गौचन, शरद भेषावकर, मन्जित श्रेष्ठ यशवन्त सुवेदी इरफान सिद्दीकी यी नामहरु थिए ।

पछि कनिष्क चौगाइ अन्तिम थापा मगर, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, पारस खड्का लगायतका नाम थपिदै गए । उनीहरुको न्यानो माया र आदरका कारण क्रिकेटमा मैले लगभग १२ वर्ष बिताएका दिनहरु सुनौला थिए। पारससँगका यस्ता धेरै गाथा छन् । जुन फुकाउँदै जाउँला । पत्रकार र स्कोररको दोहोरो भूमिका र खेलाडीसँगको सुमधुर सम्बन्धका बिचमा रहँदा व्यवसायिकतामा अप्ठयारो परेका घटनाहरुका सूचि पनि कम छैनन् । जुन स्भाविकै थियो ।

फरक-फरक भूमिकाको सँगतमा मैले नियालेको पारस खड्का हरतरहवाट कप्तान थिए । त्यसैले म भाई भन्दा ‘कप्तान’ भन्न रुचाउथे । नेतृत्वको क्षमताले भरिएका, मैले चिनेको कप्तान पारस, निरन्तर रुपमा अडिग र हरसंभव खेल जित्न कोशिस गर्ने तर खेल सकिएपछी नतिजामा निराश नहुने, टिमलाइ हौसला दिइरहने, आफ्ना सहकर्मीको कहिले पनि नराम्रा कुरा नगर्ने, उनीहरुको क्षमताको कदर गर्ने र नेपाली क्रिकेटका लागि हरदम हरेक ठाउमा उपस्थित भईरहने एउटा सच्चा क्रिकेटर हुन ।

यही कारण पारस मेरा लागि सदैव कप्तान अघि हुन र भाई पछि । प्राविधिक रुपमा उनलाई अब ‘कप्तान’ सम्बोधन गर्न पाइन्न भनेर नै उनको सम्मानमा मैले यी हरुफहरु लेखेकी हुँ । ता की पारस मेरा लागि स्नेही भाई त छदैछन् सदैव एउटा कूशल कप्तान रहिरहून । रहि पनि रहनेछन् । ठाउँ र भूमिका फरक होला तर उनको नेतृत्वको आभाष मैले मात्र होइन सिंगो नेपाली क्रिकेटले निरन्तर पाई नै रहनेछ आशा छ।

https://pabusis.blogspot.com/2019/10/blog-post.html?spref=fb&m=1

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.