default_image

5 years ago

October 16, 2019

डब्लूसिएल उद्धघाटन खेलमा चितवन र काठमाडौं भिड्दै

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा आज चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दै छन् ।

खेल टियु मैदानमा ११ :३० बजे पछि हुने छ । काठमाडौंमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री रहेकी छन् । कप्तानी पनि रुविनाले गर्ने छिन् । चितवन राष्ट्रिय टोलीकी इन्दु बर्माको कप्तानीमा मैदान उत्रने छ । उनी चितवनको मार्की खेलाडी हुन् ।

कात्तिक ७ सम्म चल्ने प्रतियोगितामा पाँच शहरका ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टस टोली रहेका छन् ।

राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधैं फाइनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशको लागि क्वालिफयार खेल्ने छन् ।

विजेताले ७ लाख र उप विजेताले ३ लाख रुपैयाँमा प्राप्त गर्ने छन् । काठमाडौंमा रुविना क्षेत्री, अप्सरी बेगम, लक्ष्मी साउद युवा खेलाडी सुमन बिष्ट लगातका खेलाडी रहेका छन् । त्यस्तै चितवन राइनजमा इन्दु बर्मा, काजल श्रेष्ठ, सरस्वती पुन, रेखा रावल लगातका खेलाडी छन् ।

चितवन राइनोजको टोली : इन्दु बर्मा (कप्तान तथा मार्की खेलाडी), काजल श्रेष्ठ, रितु कनौजिया, रेखा रावल, सुमन खतिवडा, सरस्वती पुन, अस्मिता खरेल, प्यारी चौधरी, कन्चन श्रेष्ठ, सन्तोषी चौधरी, सन्जु लामा र सावित्रा जिसी ।

क्याट क्वीन्स काठमाडौंको टोली : रुबिना क्षेत्री (कप्तान तथा मार्की खेलाडी), अप्सरी बेगम, रोमा थापा, सुमन विष्ट, रश्मी शर्मा चौलागाईं, संगीता राई, सरस्वती चौधरी, नितु भण्डारी, ममता थापा, ईश्वरी विष्ट, लक्ष्मी साउद र मनीषा राना ।

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

Success

Thank you for your time.