default_image

6 years ago

October 16, 2019

चितवनलाई काठमाडौंको सामान्य लक्ष्य

123 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको उद्धघाटन खेलमा क्याट क्वीन्स काठमाडौंले चितवन राइनोजलाई ९३ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं २० ओभरमा अल आउट हुँदै ९२ रनमा समिटियो । काठमाडौंका लागि ओपनर रश्मी शर्मा चौलागाईं र शोभा आलेले ५.३ ओभरमा ४० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा सस्तैमा समेटिनु परेको हो । चौलागाईं ३४ रनमा आउट भएसँगै काठमाडौंको विकेट निरन्तर गुम्दा ठूलो योगफल बनाउन चुकेको हो ।

छैटौं ओभरको तेस्रो बलमा रेखा रावलले बोल्ड आउट गर्नु अघि उनले २५ बलमा ७ चौका प्रहार गरिन् । रेखाले आठौं ओभरको पाँचौ बलमा अर्की ओपनर शोभा आलेलाई ९ रनमा बोल्ड आउट गरिन् । अप्सरी बेगम ६ रनमा क्याच आउट हुदा कप्तान रुविना क्षेत्री वेलाबासी नवौं ओभरको पाँचौ बलमा १ रनमा रन आउट भएपछि काठमाडौं दबाबमा परेको थियो ।

सरस्वती कुमारीले २६ बलमा १ चौका सहित १५ रन जोड्नि । काठमाडौंका ९ ब्याट्सवुमेनले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चितवनका लागि रेखा रावलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । त्यस्तै कविता गौतमले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर २ विकेट हात पारिन् । सन्तोषी चौधरीले ४ ओभरमा १४ रन खर्र्चेर ३ विकेट लिइन् । रितु कनौजियाको नाममा १ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.