default_image

6 years ago

October 16, 2019

मुस्कानलाई क्रिकेट खेलाडी र प्रशिक्षकले भेटे

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र प्रशिक्षकले एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई भेटेका छन् ।

मंगलबार मात्र सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी छाड्ने घोषणा गरेका पारस सहित मुस्कानलाई प्रशिक्षक उमेश पटवाल, सोमपाल कामी, अभिनाष बोहोराले कीर्तिपुर अस्पताल पुगेर भेटेका थिए । पारसले लेखेका छन् ‘मुस्कान हामी सबैका लागि प्रेरणाकी श्रोत हुन् ।’

पारसले लेखेका छन् ‘मुस्कान हामी सबैका लागि प्रेरणाकी श्रोत हुन् । पीडाका वावजुद पनि मुस्कुराउने शक्ति भगवानबाट उनलाई प्राप्त होस् । घटनाका दोषीलाई सरकारले कडा कारवाही गर्नुपर्दछ । हामी सबै मुस्कानका साथमा छौं ।’

उनीसँगको भेटमा खिचिएको तस्बिर पारसले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । गत महिना मुस्कानलाई वीरगन्जका स्थायी दुई किशोरले एसिड प्रहार गरेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.