6 years ago
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । बुधबार उद्धघाटन खेलमा क्याट क्वीन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो । ९३ रनको लक्ष्य चितवनले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
चितवनको जितमा युवा खेलाडी सुमन खतिवडाले २३ बलमा ४ चौका सहित सर्वाधिक २९ योगदानन् । त्यस्तै ओपनर काजल श्रेष्ठ ११ र कञ्चन श्रेष्ठ ६ रनमा आउट भए । रितु कनौजिया २० बलमा २ चौका सहित १४ रनमा आउट भइन् । १० औं ओभरको पाँचौ बलमा रन लिनेक्रममा रितुको टाउकोमा चोट लागेपछि मैदान बाहिर जानु परेको थियो ।
प्यारी चौधरी २७ बलमा ३ चौका सहित २४ रनमा अविजित रहिन् । काठमाडौंका लागि तीब्र गतिकी बलर इश्वरी बिष्टले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । लक्ष्मि साउद,सरस्वती कुमारी र संगिता राईको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौं २० ओभरमा ९२ रनमा अल आउट भएको थियो । ओपनर रश्मी शर्मा चौलागाईं र शोभा आलेले ५.३ ओभरमा ४० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । चौलागाईं ३४ रनमा आउट भएसँगै काठमाडौंको विकेट निरन्तर गुम्दा ठूलो योगफल बनाउन चुकेको हो ।
छैटौं ओभरको तेस्रो बलमा रेखा रावलले बोल्ड आउट गर्नु अघि उनले २५ बलमा ७ चौका प्रहार गरिन् । रेखाले आठौं ओभरको पाँचौ बलमा अर्की ओपनर शोभा आलेलाई ९ रनमा बोल्ड आउट गरिन् । अप्सरी बेगम ६ रनमा क्याच आउट हुदा कप्तान रुविना क्षेत्री वेलाबासी नवौं ओभरको पाँचौ बलमा १ रनमा रन आउट भएपछि काठमाडौं दबाबमा परेको थियो ।
सरस्वती कुमारीले २६ बलमा १ चौका सहित १५ रन जोड्नि । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । चितवनका सन्तोषी चौधरीले ४ ओभरमा १४ रन खर्र्चेर सर्वाधिक ३ विकेट लिइन् । रेखा रावल,कविता गौतमको नाममा समान २ विकेट रह्यो । रितु कनौजियाले१ विकेट लिइन् । काठमाडौंले विहीबार पोखरा पल्टनसँग खेल्ने छ । त्यस्तै चितवनले शुक्रबार ललितपुर फाल्कोन्ससँग प्रतिस्पर्धा गर्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]