6 years ago
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक सञ्जालमार्फत पारस खड्काले राष्ट्रिय क्रिकेट टोलीको कप्तान पद त्यागेको घोषणा मंगलबार गरेका थिए । तर, उनले नेपाल क्रिकेट संघ (क्यान) लाई आधिकारिक जानकारी दिइ नसकेको बताइएको छ । पारसको राजिनामा पत्र क्यान नआएकोले नवनिर्वाचित पदाधिकारी यो विषयमा खुलेर बोल्न चाहिरहेका छैनन् ।
पदाधिकारीहरुले पनि पारसले राजीनामा दिएको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन् । ‘पारसले कप्तानबाट राजिनामा दिएको भन्ने मिडिया मार्फत थाहा पाएँ । क्यानमा राजिनामा आएको छैन , नवनिर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्ले भने,‘ राजिनामाको विषयमा अहिले भन्न सकिने अवस्था छैन । जहाँ सम्म लाग्छ छाड्ने निर्णयमा पुग्नुको पछाडि व्यक्तिगत कारण हुन सक्छ । राजिनामा पत्र आइनसकेकोले अहिले धेरै प्रतिक्रिया उपयुक्त हुन्न । ’
असोज ११ गते नयाँ कार्यसमिति आइसकेपछि पनि क्यानले औचारिक रुपका काम थालेको जानकारी आएको छैन । त्यसैले पनि पारसको राजिनाका विषयमा केहि अन्यौलता रहेको छ । अध्यक्ष चन्दको भनाईबाट पनि त्यो प्रष्ट हुन्छ,‘ पारसको राजिनामा पत्र आएपछि मात्रै हामीले सोच्ने छौं । सबै कुुरा हुन्छ । राजिनामा स्वीकृत कस्ले गर्ने हो त्यो पनि थाहा छैन । कसले अनुरोध गर्ने हो त्यो पनि छैन । हतारमा गर्नु पर्ने केहि छैन । यसको पनि केहि प्रक्रिया त पक्कै हुन्छ ।’
अध्यक्ष चन्दले पारससँग आफ्नो व्यक्तिगत सम्बन्ध खराब नरहेको पनि प्रष्ट पारेका छन् । ‘मलाई लाग्दैन हाम्रो बीचमा सम्बन्ध नराम्रो छ,’ उनले भने,‘ हामी दुई जना मात्र नजिक रहेका काम गरेका छैनौं । त्यसले पनि सम्बन्ध बिग्रनुपर्ने कुनै कारण छैन । ’
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले क्यानमाथि लगाएको झन्डै साढे तीन वर्ष लामो निलम्बन फुकुवा भएकै भोली पल्ट पारसले राजीनामा दिने घोषणाले धेरै आश्चार्यमा भने पारेको थियो । मंगलबार पत्रकार सम्मेलनमार्फत पारसले आफ्नो विचार राखेका थिए । उनले नयाँ टोलीलाई काम गर्न सहज होस् भन्नका लागि पनि आफुले राजीनामा गरेको प्रष्ट पारको थिए ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाड्ने मंगलबार घोषणा गरेका छन् । नेपाली क्रिकेट इतिहासमा सर्वाधिक सफल खेलाडी मानिने पारसको कप्तान छोड्ने निर्णयले सबै आश्चर्यमा छन् । पारसको निर्णय पनि आश्चर्य जनक छ । पारसले १० वर्ष राष्ट्रिय टोलीलाई कप्तानी गरे ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]