default_image

6 years ago

October 16, 2019

वीरगञ्ज र हेटौंडा विजयी,रामनरेशको ह्याट्रिक

98 views

0 Bookmark

सुनील गाउँले,सिमरा

बारामा सुरु भएको महागढिमाई कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा वीरगञ्ज युथ क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । महागढिमाई नगरपालिकास्थित क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा आयोजक महागढिमाई स्पोर्टस क्लबलाई ८५ रनले हराउँदै वीरगञ्जले सुखद सुरुवात गरेको हो ।

१० ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजगको वीरगञ्जले ४ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । वीरगञ्जका लागि ओपनर अलियाश मंसूरीले ४५ र समिम अंसारीले ४३ रनको योगदान दिए । विरेन्द्र चौधारी र नकेशले १/१ विकेट लिए । १ सय ३७ रनको लक्ष्य पछ्याएको आयोजक महागढिमाईले १० ओभरमा २ विकेट गुमाउँदा ५२ रन मात्र बनाउन सक्यो ।

दोश्रो खेलमा हेटौंडाको महाविर क्रिकेट क्लबले बाराको कलैया क्रिकेट क्लबलाई १ विकेटले पराजित ग¥यो । राष्ट्रिय क्रिकेट टिमका खेलाडी सहित पिचमा आएको कलैयाको व्याटिङ घरेलु मैदानमा चल्न सकेन । टस जितेर ब्याटिङ रोजेको कलैयाले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ७२ रन मात्र जोड्न सक्यो ।

रसका लागि रभि शाहले २६,सिनियर टोलीमा ओपनर पवन सरार्फ ९,तिर्थराज दास डक र अनिल शाह १० रनमा आउट भए । ७३ रनको लक्ष्य पछ्याएको हेटौंडाले १५ ओभरमा ९ विकेटको क्षतीमा लक्ष्य भेट्यायो । हेटौंडाको जितमा नायक बनेका रामनरेश गिरी खेलको म्यान अफ दि म्याच घोषित भए ।

कलैयालाई सस्तैमा समेट्ने क्रममा रामनरेशले ४ ओभरमा २८ रन खर्चेर ह्याट्रिक सहित ५ विकेट लिएका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलिका पवन सर्राफ, अनिल साह, तथा यु–१९ राष्ट्रिय टिमका रवि साह र प्रितराज दास जस्ता खेलाडीलाई पिचमा उतारेपनि हेटौंडाका सामु कलैया नीरिह बनेको थियो ।

लेट्स प्ले स्पोर्टसको आयोजना तथा नेक्सस् क्रिकेट एकेडेमीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले दूई लाख तथा उपविजेताले एकलाख सहित ट्रफि प्राप्त गर्ने प्रतियोगिताका निर्देशक प्रवल गौतमले जानकारी दिए । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । यसअघि प्रतियोगिताको उद्घाटन महागढिमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले गरेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.