default_image

6 years ago

October 17, 2019

काठमाडौंको फराकिलो जितमा रुविनाको उत्कृष्ट प्रर्दशन

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलवासीले उत्कृष्ट प्रर्दशनमा वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगितामा क्याट क्विन्स काठमाडौंले पहिलो जित हात पारेको छ । काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले पराजित गरेको हो । पहिलो खेलमा काठमाडौं चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो ।

१ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पोखरा १६.५ ओभरमा अल आउट हुँदै ७० रनमा समेटियो । कप्तान सिता राना मगरले सर्वाधिक १७ रनको योगदान दिइन् । छैटौं ओभरको तेस्रो बलमा रन आउट हुनुअघि सिताले १३ बलमा ३ चौका प्रहार गरे । रुबी पोदर ९,विन्दु रावल १३,कविता कुवर डक,सरस्वती घर्ती मगर १,अन्जली चन्द ८ रनमा आउट भए ।

पोखराका ५ ब्याटर रन आउटको शिकार बनेका थिए । अनुराधा चौधरी ८ रनमा अविजित रहिन् । काठमाडौंकी सरस्वती कुमारी र अप्सरी वेगमले समान २ विकेट लिए । लक्ष्मी साउदको नाममा १ विकेट रह्यो ।

त्यसअघि बिहीबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । काठमाडौंकी कप्तान रुविना क्षेत्री वेलवासी ८३ रनमा अविजित रहिन् । उनले ६७ बलमा १४ चौका र २ छक्का प्रहार गरिन् ।

रुविनाले ४७ बलमा डब्लूसिएलकै पहिलो अर्धशतक पुरा गरिकी थिइन् । योसँगै रुविना नेपाली महिला फे्रन्चाइज टि२० लिगमा अर्ध शतक प्रहार गर्ने पहिलो खेलाडी बनिकी छिन् । रुविना १० औं ओभरको तेस्रो बलमा ब्यक्तिगत १९ रनमा खेली रहेको अवस्थामा जिवनदान पाएकी थिन् । एलवी डब्लू आउट हुँदै पेभिलिएन फर्किदा नो बल देखाउँदै थर्ड एम्पारले नट आउट दिएका थिए ।

दोस्रो ओभरको पाँचौ बलमा ओपनर शोभा आलेलाई १२ रनमा गुमाएको थियो । उनलाई कविता कुवरले रुबी पोदरबाट क्याच आउट गराउन् । तेस्रो ओभरको दोस्रो बलमा अर्की ओपनर रश्मी शर्मा चौलागाईंलाई २ रनमा बोल्ड आउट भइन् । तेस्रो विकेटका लागि रोमा थापा र रुविनाले ६४ रनको साझेदारी गरेका थिए । ११ ओभरको अन्तिम बलमा क्याच आउट हुनुअघि थापाले २३ बलमा ३ चौका सहित १९ रनमा जोडिन् ।

अनुराधा चौधरीले १३ औं ओभरको पहिलो बलमा अप्सरी बेगमलाई १ र दोस्रो बलमा ममता थापालाई शून्यमा आउट गरिन् । इश्वरी बिष्ट १० रनमा अविजित रहिन् । पोखराकी अनुराधा चौधरीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएपनि जितको लागि प्राप्त भएन । कविता कुवरको नाममा १ विकेट रह्यो । काठमाडौंले तेस्रो खेल शनिबार विराटनगर टाइटन्ससँग खेल्ने छ । त्यस्तै पोखराले शुक्रबार विराटनगर टाइटन्ससँग खेल्ने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.