default_image

6 years ago

October 17, 2019

विराटनगरलाई ललितपुरको मध्यम लक्ष्य

103 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिताकोे तेस्रो खेलमा ललितपुर फाल्कोन्सले विराटनगर टाइन्टसलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ ।

विहीबार टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनायो । ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रनको योगदान दिइन् ।

१७ ओभरको पाँचौ बलमा रन आउट हुनुअघि उनले २४ बलमा ३ चौका प्रहार गरिन् । ललितपुरका ५ खेलाडी रन आउटको शिकार बनेका थिए । दोस्रो ओभरको पाँचौ बलमा ओपनर सरिता दिसवा मगर १ रनमा रन आउट भएकी थिइन् ।

कप्तान नेरी थापा पनि पाँचौ ओभरको चौथो बलमा ४ रनमा आउट हुन पुगिन् । नवौं ओभरको अन्तिम बलमा सवनम राइले ओपनर रोशनी बोहरालाई ९ रनमा आरती बिडारीबाट क्याच आउट गराएपछि ललितपुर दबाबमा परेको थियो ।

दशौं ओभरको पाँचौ बलमा शान्ती चौधरी पनि ९ रनमा रन आउट हुन पुगिन् । ११ ओभरको अन्तिम बलमा कविता जोशीलाई आरती बिडारीले १ रनमा बोल्ड आउट गरेपछि ललितपुर ४७(५को कमजोर अवस्थामा पुगेको थियो ।

तल्लोक्रममा करुणा भण्डारीले १८ बलमा समान १ चौका र छक्का सहित २१ रन जोड्दै इनिङ उकासिन्् । करुणा पनि रन आउटको शिकार बनिन् । तल्लोक्रममा सम्झन खड्का र कृती सेन समान १३ रनमा अविजित रहे । विराटनगरका लागि समनम राइ र आरती विडारीले समान १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.