default_image

6 years ago

October 17, 2019

क्यानको कार्यसमिति बैठक आइतबार,पारसका विषयमा चर्चा हुने

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन फुकुवा भएपछि नयाँ परिस्थितिका बारेमा छलफल गर्न नेपाल क्रिकेट संघ (क्यान) को बैठक अर्को साता बस्ने भएको छ । झन्डै साढे ३ वर्षको निलम्बन आइसिसीले सोमबार फुकुवा गरेको थियो ।

त्यसता क्यानको पहिलो बैठक बस्न लागेको हो । असोज ११ गते निर्वाचित कार्यसमितिको आइतबार बस्ने दोस्रो बैठक हो । यसअघि निर्वाचन सम्पन्न भएकै दिन कार्यसमितिको बैठक बसेको थियो ।

आइसिसीले निलम्बन फुकुवा गरेकै विषय बैठकको मुख्य एजेन्डा रहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताएका छन् । ‘बैठकमा मुख्यतः नयाँ परिस्थितिका बारेमा छलफल हुनेछ । आइसिसीलाई धन्यवाद दिनेछौं,’ उनले भने,‘ त्यसबाहेक अब कसरी अघि बढ्ने । दैनिक काम सञ्चालनका लगि विषयमा पनि हामीले छलफल गरेर जानु पर्नेछ । ’

क्यानको निर्वाचित कार्यसमितिले औपचारिक काम सुरुवात गर्नका लागि आइसिसीको बैठकको निर्णय कुरेको थियो । फुकुवाको निर्णय आइसकेपछि अब गतिविधि र कार्यालय सञ्चालनका विषयमा पनि बैठकमा छलफल हुने सचिव प्याकुरेलले हाम्रो खेलकुदलाई बताए ।

सचिव प्याकुरेलले देश भित्र राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) र अन्तर्राष्ट्रिय रुपमा आइसिसीसँगको सहकार्यमा नै क्यानले आफ्ना कामलाई अघि बढाउने प्रष्ट पारका छन् । उनले भने ‘ अब काम गर्ने बेला हो । हामी सहकार्य गर्दै नयाँ ढंगले अघि बढ्नेछौं । आइसिसीले पनि बिहीबार सम्म पनि निर्णय र प्रेस विज्ञप्तीमा भनिएको शर्तहरु पठाइसकेको छैन ।

‘आइसिसीले केहि दिनमा पत्र पठाउने भन्ने जानकारी दिएको छ । अहिले सम्म आइसकेको छैन,’ सचिव प्याकुरेलले भने,‘ आइसिसीसँग भएका केहि अनौपचारिक कुराकानीलाई हामी छलफलमा राख्नेछौं ।’ आइसिसीले सशर्त निलम्बन फकुवा गरेको निर्णय गरेको थियो । तर शर्त भने उल्लेख गरेका थिएन ।

पारसको राजिनामाको चर्चा हुने
आइसिसीबाट निलम्बन फुकुवा भएको भोली पल्ट मंगलबार पारस खड्काले राष्ट्रिय क्रिकेट टोलीको कप्तान पद त्यागको घोषणा गरेका थिए । तर, क्यानले भने औपचारिक रुपमा उनको राजिनामाको जानकारी प्राप्त नभएको बताउँदै आएको छ ।

‘पारसको राजिनामका विषयमा औपचारिक जानकारी आएको छैन ,’ क्यान सचिव प्याकुरेलले भने,‘ औपचारिक रुपमा आयो भने त्यहि अनुरुप छलफल गर्नेछौं । नआएमा पनि सञ्चारमाध्यमका आएका समाचारका आधारमा पनि हामी अनौपचारिक छलफल भने गर्नेछौं ।’

पारसले निर्वाचित क्यानका पदाधिकारीले निर्णयमा पुर्नविचार गर्न आग्रह गरेको जनाउँदै भने,‘ उहाँहरुले भन्ने उहाँहरुको अधिकार हो । तर, यो मेरो व्यक्तिगत निर्णय भएकाले यसमा पुर्नविचार हुँदैन ।’

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.