6 years ago
October 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तथा विकेटकीपर ज्योती पाण्डेले अर्ध शतक प्रहार गरेसँगै वुमन्स च्याम्पियन्स लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले विजयी सुरुवात गरेको छ ।
विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गदै डब्लूसिएलमा सुखद सुरुवात गरेको हो । १ सय २३ रनको विजयी लक्ष्य विराटनगरले १६ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।
विराटनगरको जितमा ओपनर ज्योती पाण्डेले सर्वाधिक ६५ रनको योगदान दिइन् । १३ ओभरको पाँचौ बलमा क्याच आउट हुनुअघि ज्योतीले ४३ बलमा १० चौका १ छक्का प्रहार गरिन् । ज्योतीले २५ बलमै अर्ध शतक पुरा गरेकी थिन् । पहिलो विकेटका लागि ज्योती र सोनु खड्काले ९.१ ओभरमा ८३ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए ।
रन आउट हुनुअघि सोनुले २६ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । लक्ष्मी चौधरी ११ ओभरको पहिलो बलमा शून्यमा रन आउट हुन पुगिन् । अस्मिना कर्मचार्य १३२ बलमा चौका सहित १२ रनमा अविजित रहिन् ।ललितपुरका लागि सम्झना खड्काले २ र करुणा भण्डारीले १ विकेट लिए ।
त्यस अघि बिहीबार दोस्रो खेलमा टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन जोडेको थियोे । ममता चौधरीले सर्वाधिक २८ रन जोडिन् ।
१७ ओभरको पाँचौ बलमा रन आउट हुनुअघि उनले २४ बलमा ३ चौका प्रहार गरिन् । ललितपुरका ५ खेलाडी रन आउटको शिकार बन्न पुगे । दोस्रो ओभरको पाँचौ बलमा ओपनर सरिता दिसवा मगर १ रनमा रन आउट भइन् ।
कप्तान नेरी थापा पाँचौ ओभरको चौथो बलमा ४ रनमा आउट हुन पुगिन् । नवौं ओभरको अन्तिम बलमा सवनम राइले ओपनर रोशनी बोहरालाई ९ रनमा आरती बिडारीबाट क्याच आउट गराएपछि ललितपुर दबाबमा परेको थियो ।
दशौं ओभरको पाँचौ बलमा शान्ती चौधरी पनि ९ रनमा रन आउट हुन पुगिन् । ११ ओभरको अन्तिम बलमा कविता जोशीलाई आरती बिडारीले १ रनमा बोल्ड आउट गरेपछि ललितपुर ४७(५को कमजोर अवस्थामा पुगेको थियो ।
तल्लोक्रममा करुणा भण्डारीले १८ बलमा समान १ चौका र छक्का सहित २१ रन जोडिन् । सम्झन खड्का र कृती सेन समान १३ रनमा अविजित रहे । विराटनगरका लागि सवनम राइ र आरती विडारीले १( १ विकेट लिए । अब विराटनगरले शुक्रबार पोखरा पल्टनसँग खेल्ने छ । त्यस्तै ललितपुरले शुक्रबारनै चितवन राइनोजको सामना गर्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]