6 years ago
October 18, 2019
काठमाडौं (हाम्रो खेलुकद) – वुमन्स च्याम्पियन्स टि२० लिग क्रिकेट प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९४ रन बनायो । पोखराको लागि कविता कुवरले २३ बलमा २ चौका सहित सर्वाधिक २२ रन बनाउदै अविजित रहिन् । त्यस्तै सरस्वती मगर १० रनमा अविजित रहिन् । पोखराको कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।
पोखराले तेस्रो ओभरको तेस्रो बलमा ओपनर रुबी पोदरलाई १ रनमा गुमाएको थियो । उनलाई सोनु खड्काले विकेटकीपर ज्योती पाण्डेबाट क्याच आउट गराइन् । छैटौं ओभरको पहिलो बलमा विन्दु रावललाई सवनम राइले ५ रनमा पाण्डेबाट क्याच आउट गराइन् । दशौं ओभरको तेस्रो बलमा रेवती धामीलाई सवनम राइले १२ रनमा पेभिलिएनको बाटो देखाइन् ।

१४ ओभरको दोस्रो बलमा कप्तान सिता राना मगर १६ रनमा रन आउट हुन पुगिन् । उनी यसअघि खेलमा पनि रनआउट भएकी थिइन् । १५ औं ओभरको पहिलो बलमा अन्जली चन्द १५ रनमा रन आउट भइन् । कविता कुवरसँग रनमा तालमेल गर्न नसक्दा चन्द रन आउट हुन पुगेकी थिइन् । चन्दले १९ बलमा २ चौका प्रहार गरिन् । सरस्वती मगर रनमा अविजित रहिन् ।
विराटनगरकी सवनम राइले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिइन् । सोनु खड्काले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]