6 years ago
October 18, 2019
काठमाडौं (हाम्रो खेलुकद) – वुमन्स च्याम्पियन्स टि२० लिग क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ ।

विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको हो । ९५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । विराटनगरको जितमा लक्ष्मी चौधरीले सर्वाधिक २३ को योगदान दिइन् । कप्तान सिता राना मगरले बोल्ड आउट गर्नुअघि २३ बलमा २ चौका प्रहार गरिन् ।
त्यस्तै अस्मीना कर्मचार्य २१ बलमा २ चौका सहित १६ रनमा अविजित रहिन् । पहिलो ओभरको चार बलमै ओपनर सोनु खड्का शून्यमा रन आउट भएकी थिन् । छैटौं ओभरको पाँचौ बलमा ओपनर ज्योती पाण्डे २२ रनमा क्याच आउट भइन् । अनुराधा चौधरीले सिता राना मगरबाट क्याच गराउनु अघि पाण्डेले १६ बलमा ४ चौका प्रहार गरिन् । दशौं ओभरको तेस्रो बलमा कप्तान सरिता मगरले डली भट्टलाई १२ रनमा कट एण्ड बोल्ड आउट गरिन् । पोखराका लागि सिता मगरले २ र अनुराधा चौधरीले १ विकेट लिइन्।
त्यसअघि शुक्रबार विहान टस जितेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन मात्रै बनाउन सक्यो । पोखराको लागि कविता कुवरले २३ बलमा २ चौका सहित सर्वाधिक २२ रन बनाउँदै अविजित रहिन् । सरस्वती मगर १० रनमा अविजित रहिन् ।

तेस्रो ओभरको तेस्रो बलमा ओपनर रुबी पोदरलाई १ रनमा गुमाएको थियो । उनलाई सोनु खड्काले विकेटकीपर ज्योती पाण्डेबाट क्याच आउट गराइन् । छैटौं ओभरको पहिलो बलमा विन्दु रावललाई सवनम राइले ५ रनमा पाण्डेबाट क्याच आउट गराइन् । दशौं ओभरको तेस्रो बलमा रेवती धामीलाई सवनम राइले १२ रनमा पेभिलिएनको बाटो देखाइन् ।
१४ ओभरको दोस्रो बलमा कप्तान सिता राना मगर १६ रनमा रन आउट हुन पुगिन् । उनी यसअघि खेलमा पनि रनआउट भएकी थिइन् । १५ औं ओभरको पहिलो बलमा अन्जली चन्द १५ रनमा रन आउट भइन् । कविता कुवरसँग रनमा तालमेल गर्न नसक्दा चन्द रन आउट हुन पुगेकी थिइन् । चन्दले १९ बलमा २ चौका प्रहार गरिन् । विराटनगरकी सवनम राइले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिदा सोनु खड्काको नाममा १ विकेट रह्यो ।
पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गरेको थियो । विराटनगरले तेस्रो खेलमा शनिवार क्याट क्विन्स काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ ।
लगातार दोस्रो हारसँगै पोखराको शीर्ष स्थानमा रहेर स्वत फाइनल खेल्ने संभावना झिनो बाँकी रहेको छ । पहिलो खेलमा पोखरा काठमाडौंसँग ८२ रनले पराजित भएको थियो । पोखराले अब तेस्रो खेल शनिबार चितवन राइनोजसँग खेल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]