6 years ago
October 18, 2019
काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि२० लिग क्रिकेट प्रतियोगितामा ललितपुर फाल्कोन्स चितवन राइनोजसँग लज्जास्पद हार बेहोरेको छ ।
शुक्रबार टियु क्रिकेट मैदानमा ललितपुर चितवनसँग ८९ रनले पराजित भएको हो । १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर १७.१ ओभरमा अल आउट हुँदै ४६ रनमा समेटियो ।
ललितपुरको लागि कप्तान नेरी थापाले सर्वाधिक १७ रनको योगदान दिइन् । ललितपुरका लागि १० ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ललितपुरले ओपनर कृती शेनलाई १ रनमा गुमाएको थियो । शेनलाई रितु कनौजियाले दोस्रो ओभरको चौथो बलमा बोल्ड आउट गरिन् । कनौजियाले अर्की ओपनर रोशनी बोहरालाई २ रनमा बोल्ड आउट गरिन् । कविता जोशी ८, ममता चौधरी ३, करुणा भण्डारी डक र गिता जोशी ३ रनमा आउट भएपछि ललितपुरको जितको संभावना टाढिएको थियो ।
चितवनको सहज जितमा कविता गौतमले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । रितु कनौजियाले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । सुमन खतिवडा र रेखा रावलको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको चितवन २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३५ रन जोडेको थियो। अनुभबी ब्याटर रितु कनौजियाले ५८ रनको अविजित अर्ध शतकीय इनिङ खेलिन् । कनौजियाले ५५ बलमा ८ चौका प्रहार गरिन् । कनौजियाले १५ ओभरको दोस्रो बलमा कविता जोशीलाई चौका प्रहार गर्दै ३९ बलमा अर्ध शतक पुरा गरेकी थिन् ।
डब्लूसिएलमा यो तेस्रो र कनौजियाको पहिलो अर्ध शतक पर्दछ । प्यारी चौधरी २३ बलमा १ चौका सहित २२ रनमा अविजित रहिन् । चौथो ओभरको अन्तिम बलमा कप्तान नेरी थापाले ओपनर कञ्चन श्रेष्ठलाई बोल्ड गर्दै शूल्यमा पेभिलिएन फर्काइन् ।
८ औं ओभरको पहिलो बलमा करुणा भण्डारीले अर्की ओपनर काजल श्रेष्ठलाई १५ रनमा क्याच आउट गरिन् । १२ ओभरको अन्तिम बलमा नेरीले कप्तान इन्दु बर्मालाई १० रनमा एलवी डब्लू आउट गरिन् । ललितपुरका लागि कप्तान नेरी थापाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।
चितवनले पहिलो खेलमा क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो । चितवनले तेस्रो खेल शनिवार पोखरा पल्टनसँग खेल्ने छ । यता ललितपुरको यो लगातार दोस्रो हार हो । ललितपुर पहिलो खेलमा विराटनगर टाइटन्ससँग ४ विकेटले पराजित गरेको थियो । ललितपुरले आइतबार काठमाडौंसँग खेल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]