6 years ago
October 18, 2019
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले शरफराज अहमदलाई टेष्ट र टी ट्वान्टीको कप्तानबाट हटाएको छ । पाकिस्तानले टेष्टमा अजहर अली र टि ट्वान्टीमा बाबर आजमलाई कप्तानको जिम्मेवारी दिएको छ ।
यसै महिना अष्ट्रेलियासँग हुने तीन टि ट्वान्टी र २ टेष्ट सिरिज अघि पाकिस्तानले शरफराजलाई टेष्ट र टि २० कप्तानबाट हटाउने निर्णय गरेको हो । शरफराजको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा भारतलाई च्याम्पियन्स ट्रर्फिको फाइनलमा हराउँदै उपाधि जितेको थियो ।
त्यस्तै शरफराजले पाकिस्तानलाई आईसीसी टि ट्वान्टी वरियतामा नम्बर १ स्थानमा पुर्याएका छन् । तर पछिल्लो एक वर्षमा पाकिस्तानले निरन्तर खराब प्रर्दशन गरि रहेको छ । विश्वकपमा पाकिस्तान समुह चरणबाटै बााहिरिएपछि शरफराजको कप्तानी,प्रर्दशन र फिटनेशलाई लिएर चर्को आलोचना भएको थियो ।
हालै घरेलु मैदानमा श्रीलंकासँगको तीन टि २० सिरिज ३-०ले गुमाएपछि पाकिस्तान क्रिकेट बोर्डले हटाउने निर्णय गरेको हो । युवा खेलाडी बाबर आजम टि२० आईसीसी टि ट्वान्टी वरियतामा नम्बर वान ब्याट्सम्यान हुन् । त्यस्तै उत्कृष्ट ओपनर अजहर अलीले टेष्ट क्रिकेटलाई फोकस दिन गत वर्ष टि२० र वान डे बाट सन्न्यासको घोषणा गरेका थिए ।
बाबरले सन् २०१२मा भएको यू१९ विश्वकपमा पाकिस्तानको कप्तानी समालेका थिए । कप्तानको जिम्मेवारी समाल्न आफु तयार रहेको बाबरले बताएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]