default_image

6 years ago

October 19, 2019

विरगञ्ज प्रिमियर लिग मंसिर अन्तिममा

89 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलुकद) – विरगञ्ज प्रिमियर लिग (वीपीएल) टि२० क्रिकेट प्रतियोगिता आगमी मंसिरमा हुने भएको छ । विरगञ्जको नारायणी क्रिकेट मैदानमा आगमी मंंसिर २८ देखी पुष ५ सम्म हुने आयोजक युनाइटेड क्रिकेट क्लबले जनाएको छ । विजेताले २ लाख ५० हजार र उप विजेताले १ लाख ८० हजार प्राप्त गर्ने छन् । त्यस्तै म्यान अफ द सिरिजले २० हजार,प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार प्राप्त गर्ने छन् ।

विरगञ्ज प्रिमियर लिग प्रदेश २ का खेलाडीमात्र सहभागि हुन पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय प्राप्त गर्ने छन् । ब्याट्सम्यानले छक्का प्रहार गरेको बल एक हातले क्याच लिने दर्शकले रु २ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा कति टोलीको सहभागिता रहने अझैं टुङ्गो लागेको छैन । ६ वा ८ टोलीको सहभागिता रहने संभावना रहेको जनाइएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.