6 years ago
October 19, 2019
एजेन्सी – घरेलु टोली यूएई आईसीसी टि ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमै ओमानसँग ७ विकेटले पराजित भएको छ । शुक्रबार राती सम्पन्न खेलमा घरेलु टोली यूएईमाथि सहज जित निकाल्दै ओमानले सुखद सुरुवात गरेको हो ।
१ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । अकीव इलियासले ५१ बलमा ३ चौका सहित अविजित ४५ रन जोडे । अमिर कलिम २७,जेशन मक्सुद १६ र जितेन्द्र सिंहले १५ रनको योगदान दिए ।
यूएईका लागि अमिद राजा र जुनैद सिद्दीकीले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सकेको थियो । यूएईका लागि ओपनर चिराग सुरीले १६,रोहन मुस्तफा २४,मुहम्मद उस्मान २७ र रमिज शहजादले १४ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।
बिलाल खान र फयाज बट्ट समान ३ विकेट लिएपछि यूएई सस्तैमा समेटिनपुगेको थियो । मोहम्मद नदीम र खवर अलीले १-१ विकेट लिए । यूएईले आजनै आयरल्यान्डसँग खेल्ने छ । ओमानले आइतबार हङकङसँग खेल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]