default_image

5 years ago

October 19, 2019

विराटनगरका कप्तानसहित खेलाडी कारबाहीमा!

काठमाडौं (हाम्रो खेलकुद)– वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि२० क्रिकेट प्रतियोगिताको फ्रेन्चाइज टोली विराटनगर टाइटन्सका खेलाडी कारबाहीमा परेका छन् । ललितपुर फाल्कोन्स र पोखरा पल्टनविरुद्ध स्लो रेटमा बलिङ गरेको भन्दै म्याच अम्पायरहरुले विराटनगरका ११ खेलाडीलाई कारबाही सुनाएको हो । म्याच रेफ्री सिमर खानले जारी गरेको विज्ञप्ती अनुसार कप्तान सरिता मगरलाई १० प्रतिशत र अन्य १० खेलाडीलाई […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि२० क्रिकेट प्रतियोगिताको फ्रेन्चाइज टोली विराटनगर टाइटन्सका खेलाडी कारबाहीमा परेका छन् ।

ललितपुर फाल्कोन्स र पोखरा पल्टनविरुद्ध स्लो रेटमा बलिङ गरेको भन्दै म्याच अम्पायरहरुले विराटनगरका ११ खेलाडीलाई कारबाही सुनाएको हो ।

म्याच रेफ्री सिमर खानले जारी गरेको विज्ञप्ती अनुसार कप्तान सरिता मगरलाई १० प्रतिशत र अन्य १० खेलाडीलाई ५ प्रतिशत खेलवात पारिश्रमीक रकम जरिवाना गरिने छ ।

पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो ।

विराटनगरले तेस्रो खेलमा आज क्याट क्विन्स काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ ।

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

Success

Thank you for your time.