default_image

6 years ago

October 19, 2019

कप्तान सीताको अर्ध शतकमा चितवनलाई मध्यम लक्ष्य

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सीता रानामगरले अविजित अर्धशतक प्रहार गरेपछि वुमन्स च्याम्पियन्स लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा शनिवारको पहिलो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । पोखराको लागि कप्तान सीता रानामगरले ६५ रनको अविजित अर्ध शतकीय इनिङ खेलिन् ।

उनले ५१ बलमा अर्ध शतक पुरा गरेकी थिइन् । १९ ओभरको चौथो बलमा सुमन खतिवडालाई चौका प्रहार गर्दै अर्ध शतक पुरा गरेकी थिइन् । सिताले ५६ बलमा ७ चौका र १ छक्का प्रहार गरिन् ।

चौथो ओभरको अन्तिम बलमा रेबती धामी सितासँग रनमा तालमेल गर्न नसक्दा ४ रनमा रन आउट हुन पुगिन् । छैटौं ओभरको दोस्रो बलमा रुबी पोदारलाई रेखा रावलले १ रनमा बोल्ड आउट भइन् । नवौं ओभरको अन्तिम बलमा शिला क्षेत्री ३ रनमा रन आउट भइन् ।

१४ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि कविता कुवरले १९ बलमा २ चौका सहित १५ रनको योगदान दिइन् । अन्जली चन्द ४ रनमा क्याच आउट भइन् । तल्लोक्रममा मञ्जु बोगटीले १६ बलमा समान २ चौका र छक्का सहित २४ रनमा अविजित रहेपछि पोखरा मध्यम योगफल सम्म पुगेको हो ।

चितवनकी कविता गौतमले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् । रेखा रावलको नाममा १ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.