6 years ago
October 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्याट क्विन्स काठमाडौंले वुमन्स च्याम्यिन्स लिग क्रिकेट टि२० प्रतियोगिता दोस्रो जित निकालेको छ ।
शनिवार विराटनगर टाइटन्सलाई ५२ रनले पराजित गर्दै अघिल्लो चरणको संभावना बलियो बनाएको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो ।
विराटनगको लागि लक्ष्मी चौधरीले ५० बलमा ५ चौका सहित ४० रनमा अविजित रहिन् । इश्वरी विष्टले पहिलो ओभरको पाँचौ बलमा ओपनर ज्योती पाण्डेलाई ४ रनमा बोल्ड आउट गरेकी थिइन् । चौथो ओभरको दोस्रो बलमा अर्की ओपनर सोनु खड्का ५ रनमा रन आउट हुन पुगिन् ।
कप्तान सरिता मगरलाई सोमु विष्टले विकेटकीपर ममता थापाबाट नवौं ओभरको अन्तिम बलमा ३ रनमा क्याच आउट गराइन् । सोमु विष्टलेनै डोली भट्टलाई १३ रनमा विकेटकीपर ममताबाट क्याच आउट गराएपछि विराटनगरको जित कठिन बनेको थियो ।
अस्मिना कर्मचार्य ५ रनमा आउट भइन् । एसोदा बिष्ट ९ बलमा २ रन मात्र जोड्न सकिन् । काठमाडौंकी इश्वरी बिष्टले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्री र इश्वरी विष्टको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । काठमाडौंको लागि रोमा थापा ५३ रनमा अविजित रहिन् । रोमाले ५१ बलमा डब्लूसिएलमा आफ्नो पहिलो अर्ध शतक पुरा गरिन् । रोमाले ५२ बलमा ६ चौका प्रहार गरिन् ।
त्यस्तै कप्तान रुविना क्षेत्री २४ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा अविजित रहिन् । दोस्रो ओभरको पहिलो बलमै डोली भट्टले ओपनर शोभा आलेलाई २ रनमा एलवी डब्लू आउट गरेकी थिइन् ।
अर्की ओपनर रश्मी चौलागाईं १३ ओभरको पाँचौ बलमा रन आउट हुनुअघि ४३ बलमा ४ चौका सहित ३४ रनको योगदान दिइन् ।विराटनगरकी डोली भट्टले १ लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
यो विराटनगरको पहिलो हार हो । पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा विराटनगरले आइतबार चितवन राइनोजसँग खेल्ने छ ।
यता काठमाडौंको यो दोस्रो जित हो । पहिलो खेलमा काठमाडौं चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । काठमाडौंले दोस्रो खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गरेको थियो ।काठमाडौंले अन्तिम खेलमा आइतबार ललितपुर फाल्कोन्ससँग खेल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]