6 years ago
October 19, 2019
एजेन्सी – ओपनर रोहित शर्माले शतक प्रहार गरेपछि दक्षिण अफ्रिकासँगको तेस्रो तथा अन्तिम टेष्टमा भारत बलियो योगफलतर्फ अघि बढेको छ ।
राँचीमा टस जितेर ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिदा ५८ ओभरमा ३ विकेट गुमाउँदै २२४-३ को अवस्थामा छ । भारतका ओपनर रोहित शर्मा १ सय ६४ बलमा १४ चौका र ४ छक्का सहित १ सय १७ रनमा अविजित छन् । रोहितको यो टेष्ट करिअरको छैटौं टेष्ट शतक हो । जारी दक्षिण अफ्रिकासँगको सिरिजमा रोहितको यो तेस्रो शतक पर्दछ ।
त्यस्तै अजिंक्या रहाणे १ सय ५३ बलमा ११ चौका र १ छक्का सहित ८३ रनमा अविजित छन् । चौथो विकेटका लागि रहाणे र रोहितबीच अविजित १ सय ८५ रनको साझेदारी भई सकेको छ । भारतको सुरुवात भने खराब रह्यो । ओपनर मंयक अग्रवाललाई कागिसो रबाडाले पाँचौ ओभरको पाँचौ अन्तिम बलमा १० रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काए ।
रबाडालेनै चेतेश्वर पुजारालाई शून्यमा एलवी डब्लू आउट गरेका थिए । १६ ओभरको तेस्रो बलमा एनरिच नोर्टिजले १२ रनमा एलवी डब्लू आउट गरेपछि भारतको सुरुवात खराब रहेको थियो । कागिसो रबाडाले २ र एनरिच नोर्टिजले १ विकेट लिएका छन् ।
भारतले तीन टेष्टमा २-० को अग्रता लिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]