6 years ago
October 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलिबोन क्रिकेट क्लब(एमसीसी) नेपाली क्रिकेट टोलीसँग सिरिज खेल्न कात्तिक तेस्रो सात नेपाल आउने भएको छ ।
एमसीसीले नेपालसँग थ्री डे, तीन टि२० र एक दिवसिय सिरिज खेल्ने छ । तर कुन खेल कहिले खेल्ने भने अझैं तय भई सकेको छैन । नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीका अनुसार एमसीसीको टोली आगमी कात्तिक १६ देखी २६ सम्म नेपाल भ्रमणमा आउन लागेको हो ।
‘एमसीसीको टोली नेपाल आउँदै छ । वान डे,टि२० र थ्रि डे हुने छ ।पोखरा र काठमाडौंमा कुन कुन खेल हुने आइतबार सम्ममा थाहा हुन्छ । कुन खेल कहिले र कतिवोटा हुने भन्ने अझैं टुङ्गो लाग्न सकेको छैन । एक दुईदिनमै थाहा हुन्छ’,रमनले भने ।
टि२० र वान डे मा यू१९ खेलाडीको पनि सहभागिता रहने छ । थ्रि डे भने सिनियर टोली खेल्ने छ । एमसीसीसँग नेपालले पहिलो पटक सन् २०१६ मा क्रिकेटको मक्का मानिने लड्स क्रिकेट मैदानमा खेलेको थियो । जुन खेलमा नेपाल ४१ रनले विजयी भएको थियो ।
त्यस्तै नेपालले गत वर्ष लड्समै नेदरल्यान्ड र एमसीसीसँग त्रिकोणात्मक टि२० सिरिज खेलेको थियो । एमसीसीलाई नेपालले ९ विकेटले पराजित गर्दा नेदरल्यान्डसँगको खेल वर्षाको कारण रद्ध भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]