6 years ago
October 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनायो ।ओपनर कञ्चन श्रेष्ठ ३४ रनको योगदान दिइन् । डोली भट्टले १३ ओभरको अन्तिम बलमा डाइरेक्ट थ्रो गर्दै रन आउट गर्नुअघि ४१ बलमा ६ चौका प्रहार गरिन् । आरती बिडारीले १६ ओभरको चौथो बलमा विकेटकीपर ज्योती पाण्डेबाट क्याच आउट गराउनु अघी
काजल श्रेष्ठले ४६ बलमा २ चौका सहित ३६ रनमा आउट भइन् । पहिलो विकेटको लागि काजल र कञ्चनले १३ ओभरमा ६९ रनको साझेदारी गरेपनि मध्यक्रम र तल्लोक्रममा निरन्तर विकेट गुमेपछि मध्यम योगफलमै समेटिएको हो ।
सुमन खतिवडा १० रनमा बोल्ड आउट भइन् । रितु कनौजिया ५ रनमा रन आउट भइन् । सबनम राइले प्यारी चौधरीलाई १८ औं ओभरको पाँचौ बलमा शून्यमा बोल्ड गरिन् । रेखा रावललाई शर्मीला रोका मगरले शून्यमा एलवी डब्लू आउट गर्दै पेभिलिएन फर्किन् । कप्तान इन्दु बर्मा १५ बलमा २ चौका सहित १७ रनमा अविजित रहिन् ।
विराटनगरकी सबनम राईले २, शर्मीला राना मगर,आरती बिडारी र सोनु खड्काले समान १ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]