6 years ago
October 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । आइतबार भएको विषयमा केहि निर्णय गर्दै सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ मा लगाएको प्रतिबन्ध ससर्त रुपमा गत असोज २६ मा फुकुवा गरेको थियो । क्यानले निलम्बन फुकुवा गरेको २४ घण्टा वित्न नपाउँदै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजिनामा दिएका थिए । कप्तानबाट पारसको राजिनामाको कारण आजको क्यानको बैठकलाई निकै महत्वपूर्णको साथ लिइएको थियो । तर पारसले क्यानलाई राजिनामा पत्र नबुझाएको भन्दै यस विषयमा कुनै निर्णय हुन सकेन । अध्यक्ष चतुर बहादुर चन्द सहित बसेको केन्द्रिय समितीकोको बैठकले गरेका निर्णयहरु यस प्रकार छन् ।
१.२०७३ वैशाखमा लगाएको प्रतिबन्ध आइसीसीले असोज २६ मा फुकुवा गरेको थियो । आईसीसीको निलम्बन फुकुवा भएकोमा क्यानले सबै पक्षलाई धन्यावाद ज्ञापन गरेको छ ।
२.कमिटी गठन
आज बसेको क्यानको बैठकले भोली देखिनै क्यानको काम गर्न ४ समिति गठन गरेको छ । प्राविधिक समितिमा क्यानको केन्द्रिय सदस्य संजयराज सिंहको संयोजक, प्रतियोगिता समितीमा केन्द्रिय समितीका सदस्य प्रशान्त विक्रम मल्लको संयोजक रहेका छन् । दुवै समितिमा ५-५ सदस्य रहने छन् । मिडियाको लागि सचिव अशोकनाथ प्याकुरेलको संयोजनमा २ जना तथा आर्थिक समितीमा कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजनमा ३ सदस्यीय समिति गठन भएको छ ।
३. पारसको राजीनामाबारे चर्चा
क्यान निलम्बन फुकुवा भएको अर्को दिनमै कप्तान पारसले पदबाट राजिनामा दिएका थिए । आजको बैठकमा पारसको राजिनामालाई लिएर निकै महत्त्वपूर्ण रुपमा हेरिएको थियो । पारसको राजीनामालाई लिएर क्यानले ध्यानाकर्षण मात्र भएको जनाएको छ । आाधिकारीक राजीनामा पत्र नआएको भन्दै यस विषयमा कुनै निर्णय नगरेको सचिव प्याकुरेलले जनाएका छन् । ‘क्यानलाई कुनै पत्र आएको छैन । मिडियालाई मात्र आएको छ । आवश्यक भएमा हामीले पारसलाई सोध्ने छौं र यस विषयमा निर्णय गर्ने छौं,’ प्याकुरलले भने ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]