default_image

6 years ago

October 21, 2019

‘द हन्ड्रेड’ – करोडबढी मूल्यमा सन्दीप आबद्ध

160 views

0 Bookmark

एजेन्सी – ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने १ लाख पाउन्ड (१ करोड ५० लाख नेपाली बराबर) मूल्यमा आबद्ध भएका छन्। आइतबार स्काई लण्डनको स्टुडियोमा भएको उक्त ड्राफ्टमा उनलाई ओभल इन्भीनसिभल्सले छानेको हो।

सन्दीपको मूल्य १ लाख पाउन्ड तोकिएको थियो र उनलाई दोस्रो राउन्डमा नै अोभलले छनोट गरेको हो । सन्दीप समावेश ओभलका मुख्य प्रशिक्षक अस्ट्रेलियाली टम मुडी हुन्। मुडी आइपिएलमा सनराइजर्स हैदराबादका प्रशिक्षक पनि हुन्। सन्दीप हालैमात्र यूएईमा हुने टि टेन लिगका लागि महंगो मुल्यमा कर्नाटक टस्कर्ससँग आबद्ध भएका थिए।

ओभल इन्भीनसिबल्समा सन्दीपबाहेक साम कुरान, सुनिल नरेन, जेसन रोय, साम बिलिंग्स, टम कुरान, रिली रोसौ लगायतका खेलाडी आबद्ध गरेको छ।

‘द हन्ड्रेड’ को नियम अनुसार हरेक टोलीले अर्को सिजन बढीमा १० खेलाडी सम्म रिटेन गर्न पाउनेछ। रिटेन हुने खेलाडी र क्लबबीच पारिश्रमिक भने आपसी समझदारीमा निर्णय हुनेछ।

इंग्ल्यान्डमा सन् २०२० को जुलाई दोस्रो साताबाट सुरु हुने उक्त प्रतियोगिता १ सय बलको हुनेछ। आठ टोली समावेश उक्त प्रतियोगितामा सबै टोली इङ्ल्याण्ड क्रिकेट बोर्डको स्वामित्वमा हुनेछ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.