default_image

6 years ago

October 21, 2019

रिचा स्मृति क्रिकेट : एक्स्पर्ट,नार्रे,आरआरसीसी र सगरमाथा ए विजयी

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सगरमाथा क्रिकेट क्लब, मेलबर्नको आयोजनामा अष्ट्रेलियामा जारी रिचा स्मृति क्रिकेट प्रतियोगिताको दोस्रो आइतबार अन्तर्गत आजको खेलमा एक्स्पर्ट क्रिकेट क्लब, नार्रेले रोयल राइनोज क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब ए विजयी भएका छन् ।

पहिलो खेलमा सगरमाथा ब्रिलियन्ट एक्स्पर्टसँग २१ रनले पराजित भयो । टस हारेर ब्याटिङ थालेको एक्स्पर्टले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । उसका शिवले १० चौका र २ छक्का सहित ८६ रनमा नट आउट रहे । दिपेश गुरुङले ५० रन जोडे । सगरमाथाका रशिमले १ विकट लिए । १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सगरमाथाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन मात्र जोड्न सक्यो । उसका आषिशले २६ र रशिम कंडेलले २१ रन मात्र जोड्न सके । एक्स्पर्टका शिव र नाजुपले समान २ विकेट हात पारे । खेलमा म्यान अफ द म्याच शिव चुनिए ।

अर्को खेलमा नार्रेले गोर्खाली क्रिकेट क्लवलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर ब्याटिङ थालेको नार्रेले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । नार्रेका किरण कंडेलले १२ चौका र ५ छक्का सहित १ सय ९ रन जोड्दै म्यान अफ द म्याच चुनिए । ह्यारी ५८ रनमा अविजित रहे । २ सय १२ रनको लक्ष्य पछ्याएको गोखार्ली क्रिकेट १५.२ ओभरमा अल आउट हुँदै ७० रनमा समेटियो । गोर्खालीका साजनले २० रन जोडे । कृष्णले ३ र सन्देशले २ विकेट लिए ।

त्यस्तै अर्को खेलमा रोयल राइनोज क्रिकेट क्लब(आरआरसीसी) ले द हिमालयन क्रिकेट क्लबलाई ४८ रनले पराजित गर्यो । पहिला ब्याटिङ गर्दै आरआरसीसीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । विकास अधिकारी ३६,पुकार भण्डारी ३३ र चन्दले ३८ रन जोडे । द हिमालयनका रोशनले २ विकेट लिए । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको द हिमालयन २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो । उसका सन्दीपले ४३ र सम्यानले २१ रन जोडे । निरञ्जनले ३ र पुकारले २ विकेट लिए ।

त्यस्तै अर्को खेलमा सगरमाथा क्रिकेट क्लब ए ले रोयल राइनोज क्रिकेट क्लब बी लाई ७ विकेटले हरायो । टस जितेर राइनोज बी ले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेटको क्षतिमा ८७ रन बनायो । मनोज र अब्दिसले समान १४ रन बनाए । सुनितले ३ र दिपेनले २ विकेट लिए । ८८ रनको लक्ष्य सगरमाथा ए ले ९ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । उसको जिमा आषिश जि.सीले ४८ रन जोडे ।

तेस्रो चरणको खेल अर्को आइतबार हुनेछ । समुह चरणका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल १७ नोभेम्बरमा हुनेछ । प्रतियोगिता क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी रिचा श्रेष्ठको स्मृतिमा आयोजना गरिएको हो ‌। उनको केहि महिनाअघि निधन भएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.