6 years ago
October 21, 2019
काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिताको राउण्ड रोविनको अन्तिम खेलमा ललितपुर फाल्कोन्सले पोखरा पल्टनलाई १ सय २३ रनको लक्ष्य दिएको छ ।

सोमबार टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनायो । ललितपुरको लागि ममता चौधरी ५१ बलमा ७ चौका सहित ५२ रनमा अविजित रहिन् । ममताले १९ ओभरको चौथो बलमा नविना खड्कालाई चौका प्रहार गर्दै ४९ बलमा अर्ध शतक पुरा गरेकी थिइन् ।
दोस्रो ओभरको दोस्रो बलमा ओपनर गीता गोसाईं १ रनमा रन आउट भइन् । दोस्रो ओभरको अन्तिम बलमा नविना खड्काले रोशनी बोहरालाई १ रनमा बोल्ड आउट गरिन् । आठौं ओभरको चौथो बलमा राजमती ऐरीले कप्तान नेरी थापालाई विकेटकीपर मञ्जुकुमारी बोगटीबाट ८ रनमा स्टम्पिङ गरिन् । नवौं ओभरको पहिलो बलमा अन्जली चन्दले करुणा भण्डराीलाई १ रनमा बोल्ड आउट गरिन् ।

खराब सुरुवात गरेको ललितपुरलाई कविता जोशी र ममता चौधरीले ५१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । कप्तान सीता रानामगरले १६ ओभरको पहिलो बलमा नविना खड्काबाट क्याच आउट गराउनु अघि जोशीले २३ बलमा ६ चौका सहित ३१ रनको योगदान दिइन् । सम्झना खड्का १५ बलमा २ चौका सहित १० रनमा आउट भइन् ।
पोखराकी सीता राना मगरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् । नविना खड्का,राजमती ऐरी र अन्जली चन्दको नाममा १ विकेट रह्यो । सुरुवाती तीनै खेलमा कमजोर फिल्डिङ गरेको पोखराले आजको खेलमा पनि त्यहि समस्यालाई निरन्तरता दियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]