6 years ago
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग टि२० प्रतियोगिताको राउण्ड रोविनको अन्तिम खेलमा पोखरा पल्टनले ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १७.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । पोखराको जितमा कविता कुवर ४२ बलमा १० चौका सहित ६१ रनमा अविजित रहिन्। कविताले ३६ बलमा अर्ध शतक पुरा गरेकी थिइन् । त्यस्तै विन्दु रावलले ४४ बलमा ४ चौका सहित ४० रनमा क्याच आउट भइन् । ४.२ ओभरमा ५-३ को कमजोर अवस्थामा रहेको पोखरालाई विन्दु र कविताले चौथो विकेटका लागि कीर्तिमानी १ सय ६ रनको साझेदारी गर्दै जित पक्का गरे । कविता र विन्दुको साझेदारी डब्लूसिएलमा कुनै पनि विकेटका लागि भएको उच्च र पहिलो शतकीय साझेदारी हो ।
दोस्रो ओभरको दोस्रो बलमा कप्तान नेरी थापाले सीता राना मगरलाई १ रनमा बोल्ड आउट गरिन् । तेस्रो ओभरको अन्तिम बलमा ममता चौधरीले विकेटकीपर कविता जोशीबाट रेवती धामीलाई १ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काइन् । रुवि पोदार डक आउट भएपछि पोखराले खराब सुरुवात गरेको थियो । ललितपुरकी ममता चौधरीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर २ विकेट लिइन् । नेरी थापाको नाममा २ विकेट रह्यो ।

त्यसअघि सोमबार टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनायो । ललितपुरको लागि ममता चौधरी ५१ बलमा ७ चौका सहित ५२ रनमा अविजित रहिन् । ममताले १९ ओभरको चौथो बलमा नविना खड्कालाई चौका प्रहार गर्दै ४९ बलमा अर्ध शतक पुरा गरेकी थिइन् ।
दोस्रो ओभरको दोस्रो बलमा ओपनर गीता गोसाईं १ रनमा रन आउट भइन् । दोस्रो ओभरको अन्तिम बलमा नविना खड्काले रोशनी बोहरालाई १ रनमा बोल्ड आउट गरिन् । आठौं ओभरको चौथो बलमा राजमती ऐरीले कप्तान नेरी थापालाई विकेटकीपर मञ्जुकुमारी बोगटीबाट ८ रनमा स्टम्पिङ गरिन् । नवौं ओभरको पहिलो बलमा अन्जली चन्दले करुणा भण्डराीलाई १ रनमा बोल्ड आउट गरिन् ।
खराब सुरुवात गरेको ललितपुरलाई कविता जोशी र ममता चौधरीले ५१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । कप्तान सीता रानामगरले १६ ओभरको पहिलो बलमा नविना खड्काबाट क्याच आउट गराउनु अघि जोशीले २३ बलमा ६ चौका सहित ३१ रनको योगदान दिइन् । सम्झना खड्का १५ बलमा २ चौका सहित १० रनमा आउट भइन् । पोखराकी सीता राना मगरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् । नविना खड्का,राजमती ऐरी र अन्जली चन्दको नाममा १ विकेट रह्यो । सुरुवाती तीनै खेलमा कमजोर फिल्डिङ गरेको पोखराले आजको खेलमा पनि त्यहि समस्यालाई निरन्तरता दियो ।
चितवन ४ खेलमा ४ मा जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनलमा पुगि सकेको छ । क्याट क्विन्स काठमाडौंले ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रह्यो । ४ खेलमा समान २ मा हार र जितका साथ विराटनगर टाइटन्स तेस्रो स्थानमा छ। विराटनगर र काठमाडौंबीच मंगलबार क्वालिफायर हुने छ । जसको विजेता चितवनसँग बिहीबार उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । पोखराले ४ खेलमा ३ मा हार र १ मा जितका साथ चौथो स्थानमा रहेर बाहिरियो । ललितपुर फाल्कोन्स भने चारै खेलमा पराजित हुँदै पुछारमा रहेर बाहिरियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]