6 years ago
October 21, 2019
एजेन्सी – दक्षिण अफ्रिकासँगको तेस्रो तथा अन्तिम टेष्टमा घरेलु टोली भारत फराकिलो जित नजिक पुगेको छ ।

तेस्रो दिनको खेल सकिँदा फलोअनमा परेको दक्षिण अफ्रिका ४६ ओभरमा १३२-८ को कमजोर अवस्था हुँदै हार नजिक छ । दोस्रो इनिङमा ओपनर क्विन्टन डी कक ५,कप्तान फाफ डु प्लेसिस ४,तेम्बा बुभवा डक,जर्ज लिन्डे २७ र डेन २३,कागिसो रबाडा १२ रनमा आउट भइ सकेका छन् । देयूनिस डी ब्रुइन ३० रनमा अविजित छन् । भारतका लागि मोहम्मद शामीले ३ र उमेश यादवले २ विकेट लिए ।
दक्षिण अफ्रिका पहिलो इनिङमा ५६.२ ओभरमा १ सय ६२ रनमा अल आउट भएपछि फलोअनमा परेको थियो । दक्षिण अफ्रिका जुबैर हमजा ६२,तेम्वा बभुमा ३२ र जर्ज लिन्डेले ३७ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । भारतका शहबाज नदिम रविन्द्र जडेजा समान २ विकेट लिए । मोहम्मद शामीको नाममा ३ विकेट रह्यो ।
भारतले ११६.३ ओभरमा ४९७-९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । ओपनर रोहित शर्माले २ सय १२ रन जोडे । रोहितको टेष्टमा यो पहिलो दोहोरो शतक समेत हो । रोहितले २ सय ५५ बलमा २८ चौका र ६ छक्का प्रहार गरेका थिए।
अजिंक्या रहाणेले आफ्नो ११ औं टेष्ट शतक पुरा गर्ने क्रममा १ सय १५ रन जोडे। रोहित र रहाणेले चौथो विकेटका लागि २ सय ६७ रनको साझेदारी गरेका थिए । तल्लोक्रममा रविन्द्र जडेजाले ५१ र उमेश यादवले ३१ रन जोडे । उमेशले १० बलमा ५ छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिका कागिसो रबाडाले ३ र जर्ज लिन्डेले ४ विकेट लिए । तीन टेष्ट सिरिज भारतले २-० ले आफ्नो पक्ष्यमा पारी सेकेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]