6 years ago
October 21, 2019
एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो तथा अन्तिम टेष्ट राँचीमा जारी छ । तेस्रो दिनको खेल सकिँदा भारत जित नजिक छ ।

यता भारत क्लिन स्विप नजिक हुँदा सामाजिक संजाल र भारतीय मिडियामा भने प्रमुख प्रशिक्षक रवि शास्त्री ड्रेसिंग रूममै निदाएको तस्विरले निकै चर्चा पाएको छ । ड्रेसिंग रूममै निदाएको तस्विरलाई विभिन्न दृष्टीकोणबाट मजाकमा समेत उडाइएको छ । ट्विटरमा रोहित बरेथले ट्वीट गर्दै लेखेका छन्, ‘सुत्नको लागि १० करोडको उत्कृष्ट जब छ ।’
त्यस्तै एक ट्वीटर ह्यान्डलमा शास्त्रीले विश्वकै आरामदायी नोकरी पाएको लेखेका छन् । शास्त्रीको ड्रेसिंग रूममै निदाएको तस्विर भारतीय मिडियामा पनि राम्रोसँग छाएको छ । शास्त्रीको तलब झन्डै १० करोड भारतीय रुपैंया रहेको पक्षलाई यस तस्बिरसँग जोडेर धेरैले प्रतिक्रिया दिएका छन् ।
तेस्रो दिनको खेल सकिदा दक्षिण अफ्रिका २ सय ३ रनले पछि छ र उसको साथमा २ विकेट मात्रै रहेको छ । तेस्रो दिनको खेल सकिँदा फलोअनमा परेको दक्षिण अफ्रिका ४६ ओभरमा १३२-८ को अवस्था छ । दक्षिण अफ्रिका पहिलो इनिङमा ५६.२ ओभरमा १ सय ६२ रनमा अल आउट भएपछि फलोअनमा परेको थियो । भारतले रोहित शर्माको दोहोरो शतक र अजिंक्या रहाणेको शतकमा ११६.३ ओभरमा ४९७-९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]