6 years ago
October 22, 2019
एजेन्सी – भारतले दक्षिण अफ्रिकासँगको तीन टेष्ट सिरिज क्लिन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम टेष्टमा घरेलु टोली भारत २ सय २ रनको इनिङ अन्तरले विजयी भएपछि तीन टेष्ट ३-० ले जितेको हो ।

तेस्रो टेस्टको चौथो दिन मात्र २ ओभरमा १ रन जोड्न २ विकेट गुमाउँदै दक्षिण अफ्रीका पराजित भएको हो । दक्षिण अफ्रिका ४६ ओभरमा १३२-८ को कमजोर अवस्थाबाट चौथो दिन सुरु गरेको थियो । चौथो दिन ४८ ओभरमा अल आउट हुँदै १ सय ३३ रनमा समेटियो ।
। दोस्रो इनिङमा ओपनर क्विन्टन डी कक ५,कप्तान फाफ डु प्लेसिस ४,तेम्बा बुभवा डक,जर्ज लिन्डे २७ र डेन २३,कागिसो रबाडा १२,देयूनिस डी ब्रुइन ३० रनमा आउट भए। भारतका लागि मोहम्मद शामीले ३, उमेश यादव,शहबान नदीमले समान २ विकेट लिए । रविचन्द्र आश्विन र रविन्द्र जडेजाको नाममा समान १ विकेट रह्यो ।
दक्षिण अफ्रिका पहिलो इनिङमा ५६.२ ओभरमा १ सय ६२ रनमा अल आउट भएपछि फलोअनमा परेको थियो । दक्षिण अफ्रिका जुबैर हमजा ६२,तेम्वा बभुमा ३२ र जर्ज लिन्डेले ३७ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । भारतका उमेश यादव ३,शहबाज नदिम, रविन्द्र जडेजा र मोहम्मद नाबीको नाममा समान २ विकेट रह्यो।
भारतले ११६.३ ओभरमा ४९७-९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । ओपनर रोहित शर्माले २ सय १२ र अजिंक्या रहाणेले १ सय १५ रनको योगदान दिएका थिए । तल्लोक्रममा रविन्द्र जडेजाले ५१ र उमेश यादवले ३१ रन जोडे । उमेशले १० बलमा ५ छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिका कागिसो रबाडाले ३ र जर्ज लिन्डेले ४ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]