6 years ago
October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलबासीको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार क्वालिफायरमा विराटनगर टाइटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौंले फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो । चितवन राउण्ड रोविनमा चार खेलमा चारमै जित निकाल्दै सोझै फाइनलमा स्थान बनाएको थियो । ६९ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले ९.५ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो ।
काठमाडौंको जितमा कप्तान रुविना क्षेत्री बेलवासीले ३० बलमा ६ चौका सहित ३४ रनमा अविजित रहिन् । त्यस्तै अप्सरी बेगमले पनि २८ बलमा ३ चौका सहित २७ रनमा अविजित रहँदै जित पक्का गरिन् । ओपनर रोमा थापा भने पहिलो ओभरको पहिलो बलमै शून्यमा एलवी डब्लू आउट भएकी थिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको विराटनगर १७.३ ओभरमा अल आउट हुँदै ६८ रनमा समेटिएको थियो। एक सयम ६.५ ओभरमा ४४-० को अवस्थामा रहेको विराटनगर ६८ अल आउट हुन पुगेको थियो । विराटनगरले अन्तिम २४ रन जोड्न १० विकेट गुमायो ।विराटनगरकी ओपनर सोनु खड्काले २५ बलमा ६ चौका सहित ३४ रनको योगदान दिइन् ।
ओपनर ज्योती पाण्डे र सोनुले ६.५ ओभरमा ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रुविनाले विकेटकीपर ममता थापाबाट पाण्डेलाई १२ बलमा स्टम्पिङ आउट गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । पाण्डेले २० बलमा २ चौका प्रहार गरिन् । नवौं ओभरको पहिलो बलमा रुविनालेनै सोनुलाई आफैं क्याच गदैं पेभिलिएन फर्काएपछि विराटनगरको विकेट पतन नाटकीय रुपमा गुमेको थियो ।

११ औं ओभरको दोस्रो बलमा लक्ष्मी चौधरी २ रनमा रन आउट भइन् । दुई बल पछि रुविनाले हिटर डोली भट्टलाई शून्यमा बोल्ड आउट गरिन् । डोली आउट भएको दुई बलपछि कप्तान सरिता मगर २ रनमा रन आउट भएपछि विराटनगर संकटमा परेको थियो । विराटनगरको विकेटपतन निरन्तर जारी रह्यो ।
अस्मिना कर्माचार्यलाई १३ ओभरको पाँचौ बलमा इश्वरी विष्टले १ रनमा बोल्ड आउट गरिन् । एसोदा विष्ट डक आउट भइन् । सबनम बिष्ट डक,आरती विडारी ११ रनमा आउट भइन् । कप्तान रुविना क्षेत्री बेलवासीले ४ ओभरमा १ मेडन सहित ४ रन खर्चेर ४ विकेट लिइन् । इश्वरी विष्ट,लक्ष्मी साउद र संगिता राइको नाममा समान १ विकेट रह्यो । चितवन र काठमाडौंबीच फाइनल बिहीबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]