default_image

5 years ago

October 24, 2019

पारसपछि कप्तानका दावेदार ४ खेलाडी

भूपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेटमा पछिल्लो सातायता नयाँ तरङ्ग आएको छ । अन्तर्राष्ट्रिय क्रकेट परिषद (आईसीसी) ले तीन वर्ष सम्म लगाएको नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै एक दशक सफल कप्तानको रुपमा राज गरेका पारस खड्काले कप्तानबाट राजीनामा दिए । धेरैले नयाँ क्यान नेतृत्व र पारसबीच तिक्तता रहेको शंका […]

97 views

0 Bookmark

भूपेन्द्र जि.सी, काठमाडौं

नेपाली क्रिकेटमा पछिल्लो सातायता नयाँ तरङ्ग आएको छ । अन्तर्राष्ट्रिय क्रकेट परिषद (आईसीसी) ले तीन वर्ष सम्म लगाएको नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै एक दशक सफल कप्तानको रुपमा राज गरेका पारस खड्काले कप्तानबाट राजीनामा दिए । धेरैले नयाँ क्यान नेतृत्व र पारसबीच तिक्तता रहेको शंका गरेका छन् ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पाइला टेकेको नेपाल हालसम्म टी–२० विश्वकप हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता सम्म आईपुगेको छ । नेपाली टोलीको अबको सपना एकदिवसिय विश्वकप हुँदै १०-१५ वर्षभित्र टेस्ट राष्ट्र बन्ने छ । जुन यात्रा अबको कप्तानमा निर्भर रहने छ । पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००९ देखी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले थुप्रै बाधा–अवरोध र समस्यालाई पार लगाउँदै विश्वमा उदाहरणीय क्रिकेट देशको रुपमा नेपाललाई चिनाए ।

सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए । यो १० वर्षको अवधिमा डिभिजन ५ बाट सुरु भएको नेपालको यात्रा टेस्ट मान्यता प्राप्त गर्ने हैसियतसम्म पुगेको छ । पारस त्यो बेला कप्तान बनेका थिए जुन बेला नेपाली क्रिकेट विश्वकप र ओडीआई मान्यता पाउँछ भन्दा धेरैले विश्वास गर्दैनथे ।

पारसले आफू जस्तै सक्षम अर्थात कुशल कप्तान तयार नपारी राजिनामा दिँदा नेपाली क्रिकेट पुनर्निर्माणमा ठूलो धक्का लाग्ने हो की भन्ने चिन्ता उत्पन्न भएको छ । एक्कासी नयाँ कप्तान सुम्पदा टोलीको प्रर्दशनमा उथल-पुथल आएको विश्व क्रिकेटमा थुप्रै उदाहरण छन् । जसमा वर्तमान परिस्थितिको श्रीलंका राम्रो उदारण हो ।

जतिबेला महेला जयवर्दने र कुमार संगाकारा टोलीमा थिए, श्रीलंका विश्वको उत्कृष्ट राष्ट्रमा गनिन्थ्यो । हरेक प्रतियोगिता र श्रृंखलामा श्रीलंकालाई सधैं उपाधिको दावेदारको रुपमा हेरिन्थ्यो । तर, जयवर्दने र त्यसको केहि वर्षपछि संगाकारले विश्राम लिएपछि श्रीलंका क्रिकेट ओरालो लागिरहेको छ । यहाँसम्म की सन् २०१४ को टी–२० विश्वकपको च्याम्पियन टिम पाँच वर्षपछि समुह चरणबाट उक्लिन कठिन देखिएको छ । एक दिवसिय विश्वकपमा खराब प्रर्दशन गर्दै समुहचरणबाटै बाहिरियो । पछिल्लो ५ वर्षमा झन्डै एक दर्जन कप्तान परिवर्तन गरिसकेको छ ।

पछिल्लो वर्ष मात्र स्टिभ स्मिथ बल टेम्परिङ काण्डका कारण एक वर्ष प्रतिबन्धमा पर्दा अस्ट्रेलिया सन् २०१८ मा चार दशक यताकै खराब स्थितिमा  पुगेको थियो । सामाजिक सञ्जालमा समर्थक र शुभचिन्तकले पारसले राजिनामा फिर्ता लिनुपर्ने तर्क राखेका छन् । पारसले भने आफु अब कप्तानको रुपमा नेपाली क्रिकेट टोलीमा नफर्किने बताउँदै आएका छन् । नेपाली क्रिकेटलाई विश्वकप हुँदै टेष्ट मान्यता दिलाउन सक्ने क्षमता राख्ने कप्तान अवको आवश्यकता देखिन्छ ।

कप्तान बन्नको लागि मैदानमा प्रर्दशनमात्र राम्रो भएर हुँदैन दबाबमा लिन सक्ने निर्णय र नेतृत्व क्षमतालाई पनि हेर्नुपर्छ । कुनैपनि खेलाडीको नेतृत्व क्षमता उसको उमेर समुह र घरेलु प्रतियोगिताको आचरण र नेतृत्व शैली हेरेर अनुमान गर्न सकिन्छ । खराब कप्तानीको कारण जित हारमा परिणत पनि हुन सक्छ । पारसको राजिनामापछि विभिन्न खेलाडीको नाम कप्तानको रुपमा समर्थकले तुलना गर्न थालेका छन् । कप्तान बन्नको लागि खेलाडीको प्रर्दशन हेरेर मात्र पुग्दैन । उक्त खेलाडीको नेतृत्व गर्न सक्ने क्षमता छ वा छैन भन्ने पनि हेनुपर्छ ।

घरेलु प्रतियोगितामा शरद भेषावकर सर्वाधिक सफल कप्तानमा पर्दछन् । तर शरद पछिल्लो समय राष्ट्रिय टोली बाटै बाहिर छन् । पारस र शरदको उमेरमा खासै फरक छैन । त्यसैले यी दुई खेलाडीको सन्न्यासको समय पनि त्यति फरक हुने छैन । त्यसैले युवा खेलाडीलाई बढि प्राथिमकतामा दिनुपर्ने तर्क जायज छ ।

प्रतिभाशाली, कुशल र सक्षम नेतृत्व गर्न सक्ने कप्तान नेपालको आवश्यकता हो । जसले गर्दा नेपालले विश्व क्रिकेटमा अझ छिटो फड्को मार्नेछ । नेपालको टेस्ट राष्ट्र बन्ने बाटो पनि यसैमा अडेको छ । घरेलु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रर्दशन, क्षमता र नतिजालाई हेर्दा अब यी ४ खेलाडी नेपाली क्रिकेट टोलीको कप्तान बन्न सक्छन् :

४. सन्दीप लामिछाने (लेगस्पिनर)

नेपाली क्रिकेटमा सन्दीप व्यवसायिक रुपमा सर्वाधिक सफल खेलाडी हुन् । लेग स्पिनर सन्दीपले अन्तर्राष्ट्रिय स्तरका लगभग सबै फ्रेन्चाइज टि ट्वान्टी लिगको अनुभव बटुलेका छन् । त्यहि अनुभवको कारण कप्तानमा सन्दीपको नाम चर्चामा छ । तर सन्दीपको कप्तानीको नतिजा भने राम्रो छैन । १९ वर्षिय सन्दीप सन् २०१६ को यू-१९ एसिया कपमा टोलीको कप्तानी गरेका थिए । उनको कप्तानी राम्रो हुन सकेन ।

उक्त प्रतियोगितामा नेपाल समुह चरणबाटै बाहिरिएको थियो । गतवर्ष पोखरा प्रिमियर लिगमा सन्दीपले विराटनगर टाइटन्सको कप्तानी गरेका थिए । जसमा विराटनगर टाइटन्स ६ खेलमा ५ मा हार र १ मा जित सहित पुछारमा रहेर बाहिरिएको थियो । अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्न भ्याई नभ्याई रहेका सन्दीप नेपाली फ्रेन्चाइज लिगमा भने त्यति भिजेका छैनन् । सन्दीपले नेपालबाट ६ ओडीआई, १८ टि ट्वान्टी आई, २७ लिष्ट ए र ६१ टि ट्वान्टी एस को अनुभव छ ।

३. सोमपाल कामी (तीव्र गतिका बलर)

तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी पनि कप्तानको सम्भावना बोकेका युवा खेलाडी हुन् । सोमपालले तीन चर्चित घरेलु लिग ईपीएल, डीपीएल र पीपीएलमा सफल कप्तानको भूमिका निर्वाह गरिसकेका छन् । सोमपालकै कप्तानीमा दोस्रो सस्कंरणको डीपीएलको उपाधि धनगढी टिम चौराहले जितेको थियो ।

राष्ट्रिय टिममा पनि सोमपालले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पछिल्लो ५ वर्ष यता निरन्तर राष्ट्रिय टिमबाट खेलिरहेका सोमपालले समर्थकको मन जितेका छन् । नेपाल टी–२० विश्वकपमा खेल्दा देखि पहिलो ओडीलाई जिताउनसम्म उनको प्रर्दशन महत्त्वपूर्ण छ । सोमपाल नेपालबाट ओडीआईमा एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडी समेत हुन् । टि२० आईमा दशौं नम्बरमा आएर ४० रन जोड्ने विश्वकै पहिलो खेलाडीको कीर्तिमान उनको नाममा छ । सोमपालले २८ टी–२० अन्तर्राष्ट्रिय, ६ ओडीआई र ४३ लिष्ट ए खेली सकेका छन् ।२ प्रथम श्रेणीको समेत अनुभव छ । सोमपाल पनि सम्भावित कप्तानको रुपमा देखिएका छन् ।

२. दीपेन्द्रसिंह ऐरी

पारसपछि कप्तानको रुपमा दीपेन्द्रलाई हेरिदै आईएको थियो । धेरैले पारसले दीपेन्द्रलाई तयार पारेपछि कप्तान छाड्ने अनुमान गरेका थिए । तर पारसले सबैलाई आश्चर्य पार्दै राजिनामा दिए । केहि समय अघि सिंगापुर र जिम्बावेसँगको त्रिकोणात्मक टि ट्वान्टी सिरिज तथा ओमानमा भएको पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजमा दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी दिइएको थियो ।

महेन्द्रसिंह धोनीले यू–१९ विश्वकप जिताएका विराट कोहलीलाई कप्तानको रुपमा तयार पार्दै उक्त जिम्मा दिँदा आज भारत विश्वको नम्बर वान टिम बनेको छ । भारत टेष्ट,ओडीआई र टि ट्वान्टी सबै अन्तर्राष्ट्रिय प्रतियोगिता होस् वा सिरिजमा उपाधिको प्रमुख दाबेदार मानिन्छ । सन् २०१५ मा यू१९ विश्वकप खेलेका युवा अलराउण्डर ऐरी पछिल्लो दुई वर्षमा राष्ट्रिय टिममा पहिलो रोजाईमा पर्दै आएका छन् ।

सन् २०१७ नोभेम्बरमा यू १९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै पहिलो ऐतिहासिक जित निकाल्दा कप्तान ऐरीले ८८ रन र ४ विकेट लिएका थिए । त्यतिमात्र होइन यू–१९ विश्वकप र उमेर समुहमा सानदार प्रर्दशन गरि सकेका ऐरीले नेपाललाई ओडीआई मान्यता दिलाउन पनि महत्त्वपूर्ण  प्रर्दशन गरेका थिए । नेपाली तीन फ्रेन्चाइज लिगमा दीपेन्द्र सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडीमा अट्दै आएका छन् । गत वर्ष दीपेन्द्रले आफ्नो कप्तानीमा धनगढी प्रिमियर लिगको उपाधि सिवाईसी अत्तरियालाई जिताएका थिए । अत्तरिया डीपीएलमा त्यस्तो टिम थियो जसलाई कागजमा हेर्दा प्ले अफमा स्थान बनाउन पनि कठिन देखिन्थ्यो ।

पछिल्लो केहि खेलमा सोचेअनुसार पर्दशन गर्न नसकेपनि राष्ट्रिय टिममा दीपेन्द्रको प्रर्दशन राम्रो छ । टिमको आवश्यकता अनुसार ब्याटिङ गर्ने उनले पार्टटाइम बलिङ पनि गछन् । ऐरीले यू १९ मा सफल कप्तानको रुपमा निर्वाह गरिसकेका छन् । दीपेन्द्रले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा दोस्रो संस्करण चितवन टाइगर्स र पोखरा प्रिमियर लिगमा (पीपीएल) मा एक्सपर्ट धनगढीबाट कप्तानी गरिसकेका छन्। ऐरीसँग ६ वान डे, १५ टी–२० अन्तर्राष्ट्रिय र २१ लिष्ट ए को अनुभव छ। धेरैले दीपेन्द्रमा पारसको छाँया देखेका छन् ।

१. ज्ञानेन्द्र मल्ल (ब्याट्सम्यान)

सम्भवत अब नेपालले नयाँ कप्तानको रुपमा ज्ञानेन्द्र मल्ललाई पाउनेछ । सन् २००९ मा पारस कप्तान बन्दा मल्ल उपकप्तान थिए । ज्ञानेन्द्रले पारसको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी सम्हालिसकेका छन् । मल्लले सन् २०१७ मा टियु क्रिकेट मैदानमा भएको आईसीसी विश्व च्याम्पियन लिगमा केन्यासँग दुवै खेलमा कप्तानी गरेका थिए । जसमा नेपाल एक खेलमा विजयी र १ खेलमा पराजित भएको थियो । जसमा कप्तान पारस खड्काको एपेन्डिक्सको कारण अप्रेशन भएको कारण खेल बाहिर रहनुपरेको थियो ।

सन् २०१७ मा भएको एसीसी इमर्जिंङ टिम कपमा ज्ञानेन्द्रले नेपालको कप्तानी सम्हाले । दुई महिनाअघि आईसीसी टि ट्वान्टी एसिया कप छनोटमा पनि पारस घाइते हुँदा ज्ञानेन्द्रले मलेसियाविरुद्ध कप्तानी गरेका थिए । उनले उक्त खेलमा २० बलमा अर्धशतक पुरा गर्दै नेपालबाट सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान कायम गरेका थिए । मल्लले नेपालबाट ६ ओडीआई, २१ टि ट्वान्टी आई, ४३ लिष्ट ए र ४४ टि२० को अनुभव छ ।

नेपालका तीनै फ्रेन्चाइज लिगमा ज्ञानेन्द्रले अब्बल कप्तानी गर्दै आएका छन् । उनले आफ्नो कप्तानीमा तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) को उपाधि ललितपुर प्याट्रियट्सलाई उपाधि जिताएका थिए । पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगमा पनि राम्रो कप्तानी गर्दै आएका छन् । टोलीको सिनियरको आधारमा पनि मल्ल अघि छन् । क्यान नेतृत्वबाट कुनै आश्चर्यजनक निर्णय नभएमा उपकप्तान ज्ञानेन्द्र नेपाली टोलीको कप्तान बन्ने लगभग निश्चित जस्तै छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.