6 years ago
October 24, 2019
एजेन्सी – भारतले बंगलादेशसँग हुने तीन टि ट्वान्टी सिरिजको लागि ओपनर रोहित शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । बिहीबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले घोषणा टोलीमा नियमीत कप्तान विराट कोहली टोलीमा छैनन् । कोहलीलाई विश्राम दिएको जनाईएको छ ।
विकेटकिपर सन्जु स्यामसनले ४ वर्षपछि पुनारागमन गरेका छन् । ऋषभ पन्तको विकल्पको रुपमा हेरिएका सन्जुले सन् २०१५ मा जिम्बावेविरुद्ध डेब्यू गरेपनि त्यस यता भारतीय टोलीमा स्थान बनाउन सकेका छैनन् । आईपीएलमा सन्जुको प्रर्दशन उत्कृष्ट रहँदै आएको छ ।
ऋषभ पन्त खराब सट प्रहार गर्दै गैरजिम्मेवार रुपमा आउट हुँदा उनको विकल्पको रुपमा सन्जुको चर्चा चल्ने गर्दछ । त्यस्तै हिटर तथा अलराउन्डर शिवम् दुबेले पहिलो पटक भारतीय टि ट्वान्टी टोलीमा परेका छन् । स्टार अलराउन्डर हार्दिक पान्ड्या पनि टोलीमा छैनन् ।
भारत र बंगलादेशबीच पहिलो टि ट्वान्टी खेल कात्तिक १७ गतेमा दिल्लीमा हुने छ । दोस्रो टि ट्वान्टी खेल कात्तिक २१ गते राजकोटमा हुने छ । तेस्रो तथा अन्तिम टि ट्वान्टी खेल कात्तिक २४ गते नागपुरमा हुने छ । त्यस्तै कात्तिक २८ गते सुरु हुने दुई टेष्टको लागि भारतले विराट कोहलीको कप्तानीमा टोली घोषणा गरेको छ ।
भारतीय टि ट्वान्टी टोली – रोहित शर्मा (कप्तान),शिखर धवन,केएल राहुल,सन्जु स्यामसन,श्रेयस ऐर,मनिष पाण्डे,ऋषभ पन्त,वाशिन्टन सुन्दर,क्रुनाल पाड्या,युजभेन्द्र चाहल,राहुल चहर,दीपक चहर,खलिल अहमद,शिवम् दुबे,शार्दुल ठाकुर ।
भारतीय टेष्ट टोली – विराट कोहली,रोहित शर्मा,मयंक अग्रवाल,चेतेश्वर पुजारा,अजिंक्या रहाणे,हनुमा विहारी,रिद्धीमान शाह,रविन्द्र जडेजा,रविचन्द्र आश्विन,कुलदीप यादव,मोहम्मद शामी,उमेश यादव,इशान्त शर्मा,शुवमन गिल,ऋषभ पन्त ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]