6 years ago
October 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सगरमाथा क्रिकेट क्लब, मेलबर्नको आयोजनामा अष्ट्रेलियामा जारी रिचा स्मृति क्रिकेट प्रतियोगिताको तेस्रो आइतबार अन्तर्गत आजको खेलमा,रोयल राइनोज क्रिकेट क्लब,सगरमाथा क्रिकेट क्लब ए,हिमालयन क्रिकेट क्लब र गोर्खाली क्रिकेट क्लब विजयी भएका छन् ।

रोयल राइनोज क्रिकेट क्लब (आरआरसीसी) ले सगरमाथा क्रिकेट क्लब बी लाई ६० रनले हरायो । टस जितेर पहिला ब्याटिङ थालेको आरआरसीसीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । उसका लागि निरज श्रेष्ठले ४७,उत्सव ४४ र मोहनले ४२ रन जोडे । भुषण श्रेष्ठ र आशिषले समान ३ विकेट लिए ।
१ सय ७० रनको लक्ष्य पछ्याएको सगरमाथा बी ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन बनायो । उसका लागि आशिषले ५५ र नविनले १५ रनको योगदान दिए । पुकारले ३ र निरजले १ विकेट हात पारे ।
त्यस्तै अर्को खेलमा सगरमाथा क्रिकेट क्लब ए ले नार्रे किंग्सलाई ८ विकेटले हरायो । टस जितेर ब्याटिङ थालेको नार्रेले १८.३ ओभरमा अल आउट हुँदै ६९ रनमा समेटिएको थियो । उसका अनुपले ३३ र किरणले ८ रन जोडे । सगरमाथा ए का कुशल तुलाधार र राजकुमार गुरुङले समान ४ विकेट लिए । ७० रनको लक्ष्य सगरमाथा ए ले ८ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । उसका आशिषले ३२,अभिनाश १८ र दिनेशले १२ रन जोडे ।
गोर्खाली क्रिकेट क्लबले आरआरसीसी बी लाई २ रनले हरायो । टस जितेर ब्याटिङ थालेको गोर्खालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । उसका अनिल २५ र बिमले १५ रन जोडे । बिदुर र विश्वासले समान ३ विकेट लिए । १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको आरआरसीसी बी निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । बिदुर ३७,सन्देश ३५,मनोज २४ आयुष १९ रन जोडे । त्यस्तै अर्को खेलमा हिमालयन क्रिकेट क्लबले एक्स्पर्ट क्रिकेट क्बललाई पराजित गरेको थियो ।
चौथो चरणको खेल अर्को आइतबार हुनेछ । समुह चरणका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल १७ नोभेम्बरमा हुनेछ । प्रतियोगिता क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी रिचा श्रेष्ठको स्मृतिमा आयोजना गरिएको हो । उनको केहि महिनाअघि निधन भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]