6 years ago
October 29, 2019
काठमाडौं(हाम्रो खेलकुद) – चीनमा कार्तिक २५ देखि ३० सम्म (नोभेम्बर ११ देखि १६ ) हुने बी एण्ड आर यू१९ महिला प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ ।

मंगलबार डली भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको हो । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेकी डलीसँगै कविता कुँवर पनि टोलीमा रहेकी छिन् । वुमन्स च्याम्पियन्स लिगमा उदीयमान खेलाडी घोषित भएकी इश्वरी विष्ट पनि टोलीमा सामेल छिन् । यसबाहेक अधिकंश खेलाडी डब्लूसीएलमा खेलेका छन् । टोलीको प्रशिक्षकमा कलाम अली रहेका छन् ।
टोलीको छनोट ३ सदस्यीय समितिले गरेको थियो । समितिमा राष्ट्रिय खेलकुद परिषदका चिफ कोच जगत टमाटासंगी राष्ट्रिय महिला टोलीका पूर्व प्रशिक्षक विनोद दास र प्रशिक्षक कलाम अली रहेका थिए । चीन प्रस्थान गर्ने १४ सदस्यीय अन्तिम टोली केहि दिनमा घोषणा हुनेछ ।
१८ सदस्यीय टोली :
१.डली भट्ट(कप्तान), २.कविता कुँवर, ३.कृतिका मरासिनी , ४.यसोदा विष्ट, ५.रुवी पोद्धार, ६.राजमती ऐरी, ७.इश्वरी विष्ट, ८.लक्ष्मी साउद, ९.खुसी डंगोल, १०.हेलिसा लामा गुरुङ, ११.ज्योती दनुवार, १२.निग्मा तामाङ, १३.शिला क्षेत्री, १४.लक्षिता राजवंशी, १५.गोमा आले, १६.पेमा लामा शेर्पा, १७.मनिषा मगर, १८.श्रृष्टी पौडेल
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]