default_image

6 years ago

November 4, 2019

नेपालको कमजोर सुरुवात

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले प्रस्तुत गरेको २ सय २ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले कमजोर प्रर्दशन गरेको छ ।

जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ४ विकेट गुमाउँदै ८८ रन बनाएको छ । नेपालका विकेटकीपर विनोद भण्डारी १ र आरिफ शेख ६ रनमा खेलि रहेका छन् । पहिलो ओभरको दोस्रो बलमै ओपनर इशान पाण्डे ४ रनमा आउट भए । यासिर अराफातले पाँचौ ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई १० रनमा क्याच आउट गराए ।  ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि मल्लले २ चौका प्रहार गरे ।

१८ ओभरको दोस्रो बलमा शरद भेषवकर ४ चौका सहित २४ रनमा क्याच आउट भए । शरद आउट भएलगतै दीपेन्द्र सिंह ऐरी २३ रनमा क्याच आउट भएपछि नेपाल कमजोर अवस्थामा पुगेको छ । दीपेन्द्रले २ छक्का प्रहार गरे । दीपेन्द्र र शरद एकै ओभरमा आउट भएपछि नेपाल दबाबमा परेको हो ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको एमसीसी ४० ओभरमा अल आउट हुँदै २ सय १ रनमा समेटिएको थियो । एमसीसीका लागि दुवै ओपनरले अर्धशतक प्रहार गरेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.