6 years ago
November 5, 2019
एजेन्सी – पाँच खेलको टि ट्वान्टी सिरिज अन्तर्गतको तेस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको छ । मंगलबार जितका लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन बनायो ।

इंग्ल्यान्डका ओपनर डेविड मलानले ३४ बलमा ८ चौका र १ छक्का सहित ५५ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । ओपनर टम ब्यान्टन १८, जेम्श भिन्स ४९, कप्तान इओन मोर्गन १८, र लुई ग्रेगरीले १४ रन बनाए । न्युजिल्यान्डका लोकी फग्र्यूसन र ब्लेयर टिकरले समान २ विकेट लिए । मिचेल सान्टनार र इश सोधीको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । न्युजिल्यान्डका कोलिन डी ग्राण्डहोमले ३५ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिए । ओपनर कोलिन मुनरो ६, मार्टिन गुप्टिल ३३, रोश टेलर २७, जेम्श निशम २० र मिचेल सान्टनारले १५ रन जोडे ।
इंग्ल्यान्डका टम करनले २, साम करन, सकीब मोहम्मद, प्याट्रिक ब्राउन, म्याथ्यू पार्किन्सन र लुईस ग्रेगरीले समान १ विकेट लिए । योसँगै पाँच टि ट्वान्टी सिरिजमा न्युजिल्यान्डले २–१ को अग्रता लिएको छ । पहिलो खेलमा इंग्ल्यान्ड ७ विकेट र दोस्रोमा न्युजिल्यान्ड २१ रनले विजयी भएका थिए । चौथो टि ट्वान्टी खेल शुक्रबार हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]