default_image

6 years ago

November 14, 2019

भारतसँग खेल्दै नेपाल

148 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा आफ्नो पहिलो खेलमा आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ८:४५ बाट सुरु हुनेछ ।

नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । उता भारतीय टोली विकेटकीपर बि आर शरथले समाल्ने छन् । पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने टोलीमा छैनन् । त्यसैले नेपाललाई थप दबाब हुने छ । ओपनरको रुपमा ज्ञानेन्द्र र इशान पाण्डे मैदान उत्रने संभावना छ । इशानले खराब प्रर्दशन गरिरहँदा अर्का आक्रमक ब्याट्सम्यान कुशल भुर्तेल पनि ज्ञानेन्द्रको जोडीमा उत्रन सक्छन् ।

दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख शीर्षक्रमका ब्याट्सम्यान हुन् । पछिल्लो समय निरन्तर खराब प्रर्दशन गरि रहेका दीपेन्द्रलाई ठूलो इनिङ खेल्न दबाब छ । शरद नेपाली टोलीकै सर्वाधिक अनुभवी र भरपर्दा ब्याट्सम्यान हुन् । शरदलाई पारस टोलीमा नहुँदा ब्याटिङमा अझ बढि जिम्मेवारी थपिएको छ ।

टोलीमा विकेटकीपर विनोद भण्डारीले गर्ने छन् । उनको विकल्प पनि छैन । राहित कुमार पौडेल र सन्दीप जोरा मध्य एकले मौका पाउने छन् । जसमा रोहितको संभावना बढी छ । सन्दीप टि ट्वान्टीको लागि परिचित रहँदा रोहित ओडीआईको लागि रहेका छन् । सोमपाल कामी र करण केसि अलराउन्डरको रुपमा टोलीमा पर्ने निश्चित जस्तै छ । दुबै ठूलो इनिङ खेल्न सक्छन् । तीब्र गतिको बलिङ युनिटमा पनि करण र सोमपालको नाम नै अग्रस्थानमा आउँछ ।

स्पिनरको रुपमा ललित नारायण राजवंशी र सुसन भारी रहने छन् । तीन तीब्र गतिका बलर खेलाए अभिनास बोहाराले मौका पाउने छन् । नेपालको ब्याटिङ कमजोर भएको हुँदा चार प्रमुख बलर र ७ ब्याट्सम्यान खेलाउन सक्ने अनुमान गरिएको छ । त्यसैले तीन तीब्र गतिका बलरलाई खोलउने संभावना कम छ ।

यता भारतीय टोलीको प्रमुख हतियार शिवम माभी रहेका छन् । तीब्र गतिका बलर कमलेश नगगरकोटी चोटका कारण बाहिरिएपछि माभी आएका छन् । अघिल्लो वर्ष यू१९ विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका माभीले आईपीएल र प्रथम श्रेणी खेली सकेका छन् । प्रथम श्रेणीको अनुभव भएका भारतका स्पिनर सिदार्थ देसाई पनि नेपाललाई घातक बन्न सक्छन् ।

भारतीय टोली :

विनायक गुप्ता, अर्यान जुयाल, बीआर शरथ (कप्तान तथा विकेटकीपर) चिन्मय सुतार, यश राठोड, आरमान जफार, सानविर सिंह, शिवम मात्री, ह्थिक शोकिन, सिद्धार्थ देसाई, आदित्य ठाकरे, एसआर दुबे, कुमार सुरज, पी रेखाडे र कुलदीप यादव ।

नेपाली टोली :

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अभिनाश बोहोरा र कुशल भुर्तेल ।

यो पनि पढ्नुहोस् :

‘टोलीमा पर्न कडा प्रतिस्पर्धा छ’ – कप्तान ज्ञानेन्द्र

‘भारतलाई हराउन सकिँदैन भन्ने केहि छैन’ – शरद

‘टोलीकै लागि आक्रामक शैलीमा परिवर्तन ल्याएँ’ – विनोद

दुई शतक प्रहार गर्ने लक्ष्य छ’ – उपकप्तान दीपेन्द्र

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.