6 years ago
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरि रहेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै ८८ रन बनाएको छ ।

नेपालका सर्वाधिक अनुभवी खेलाडी शरद भेषवकर ६३ बलमा समान १ चौका र छक्का सहित ३५ रनमा खेलि रहेका छन् । उनलाई दीपेन्द्र सिंह ऐरीले २१ बलमा २ चौका सहित १७ रनमा साथ दिएका छन् । शरदले आठौं ओभरमा जीवनदान पाएका थिए । आदित्यको बलमा प्वाइन्टमा पार्थले उत्कृष्ट डाइभ दिँदै प्रयास गरेपनि शरदको क्याच छुटेको हो ।
नेपालले पहिलो ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्यमा गुमाएको थियो । सौरभ दुबेले पहिलो बलमै एलबी डब्लूको अपिल गरेका थिए । दोस्रो बलमा दुबेले मल्ललाई बोल्ड आउट गर्दै शून्यमा पेभिलिएनको बाटो देखाए । दोस्रो विकेटका लागि शरद र कुशल भुर्तेलले १ सय ४ बलमा ५४ रनको साझेदारी गर्दै नेपाललाई सरुवाती संकट टारेका थिए ।

१८ ओभरको चौथो बलमा पार्थ रेखाडेले बोल्ड आउट गर्नुअघि यसै खेलबाट नेपाली टोलीमा डेब्यू गरेका कुशलले ६० बलमा ४ चौका सहित २८ रन जोडे । पार्थलेनै २० ओभरको पहिलो बलमा आरिफ शेखलाई २ रनमा क्याच आउट गराए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]