6 years ago
November 23, 2019
एजेन्सी – कप्तान विराट कोहलीको शतक र तीब्र गतिका बलर इशान्त शर्माको उत्कृष्ट सुरुवाती बलिङसँगै बंगलादेशसँगको ऐतिहासिक डे नाइट दोस्रो टेष्टमा भारत जिततर्फ लम्केको छ ।

दोस्रो दिनको खेल सकिदा बंगलादेश ८९ रनले पछि छ । बंगलादेश दोस्रो दिनको खल सकिदा दोस्रो इनिङमा ३२.३ ओभरमा १ सय ५२ रन जोड्न ६ विकेट गुमाएको छ । उसका अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहीम ७० बलमा १० चौका सहित ५९ रनमा अविजित छन् । महमुदुल्लाह ३९ रनमा रिटायर्ट हर्ट भएका छन् ।
भारतीय बलर सामु क्रिजमा टिक्नै संघर्ष परि रहेका बंगलादेशका ब्याट्सम्यान दोस्रो इनिङमा पनि ठूलो इनिङ खेल्ने सकेनन् । ओपनर शदम्यान इस्लाम शून्य, इमरुल कायस ५, कप्तान मोमीनुल हक डक, विकेट कीपर मोहम्मद मिथुन ६, मेहदी हसन १५ र ताइजुल इस्लाम ११ रनमा आउट भई सकेका छन् । भारतका तीब्र गतिका बलर इशान्त शर्माले ४ र उमेश यादवले २ विकेट लिएका छन् ।
त्यसअघि ८९.४ ओभरमा भारतले ३४७–९ को अवस्थामा भारतले पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । भारतीय कप्तान विराट कोहलीले १ सय ३६ रनको शतकीय इनिङ खेले । कोहलीले १ सय ९४ बलमा १८ चौका प्रहार गरे । कोहलीलाई एबादत हुसैनले ताइजुल इस्लामबाट क्याच आउट गराएका थिए । कोहलीको यो टेष्ट करिअरको २७ औं शतक हो ।

ओपनर रोहित शर्मा २१, मंयक अग्रवाल १४, चेतेश्वर पुजारा ५५, अजिंक्या रहाणे ५१, रविन्द्र जडेजा १२, रिद्धीमान शाह १७, रविचन्द्रन आश्विन ९ र मोहम्मद शामीले १० रनको योगदान दिए । बंगलादेशका एबादत हुसैन र अल अमीन हुसैनले समान ३ विकेट लिए । आबु जायद २ र ताइजुल इस्लामले १ विकेट लिए ।
त्यस अघि शुक्रबार इडेन गार्डेन कोलकतामा टस जितेर ब्याटिङ थालेको बंगलादेश ३०.३ ओभरमा १ सय ६ रनमा अल आउट भएको थियो। बंगलादेशका ओपनर शदम्यान इस्लामले ५२ बलमा ५ चौका सहित सर्वाधिक २९ रन जोडे । महमुदुल्लाह ६, लिटन दास २४ र नइम हसन १९ , इमरुल कायस ४, मोमीनुल हक, मोहम्मद मिथुन र मुश्फिकुर रहिम शून्यमा आउट भए । भारतका इशान्त शर्माले १२ ओभरमा ४ मेडन सहित २२ रन खर्चेर ५ विकेट लिएका थिए । उमेश यादव ३ र मोहम्मद शामीले २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]