default_image

6 years ago

November 25, 2019

पीपीएल : सागरदेखि दिलीपसम्मका खेलाडी फुकुवा

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा आगमी सिजनको लागि ६ फ्रेन्चाइज टोलीले फुकुवा गर्ने खेलाडीको नाम सार्वजनिक गरेका छन् ।

सोमबार सहभागी  ६ फ्रेन्चाइज टोलीले नै समान ३-३ खेलाडी फुकुवा गरेका हुन् । गत वर्षको विजेता पोखरा पल्टनले लेगस्पिनर विक्रम भुषाल, अलराउन्डर दिपेश खत्री र तीव्र गतिका बलर दिव्यांशु मलिकलाई फुकुवा गरेको जनाएको छ । विक्रमले गत वर्ष ६ खेलमा ६ विकेट लिएका थिए ।

त्यस्तै गत वर्ष उपविजेता बनेको चितवन राइनोजले अनुभवी स्पिनर शक्ति गौचन, विनोद लामा र स्वप्नील अधिकारीलाई फुकुवा गरेको छ । पारस खड्काको कप्तानीमा रहेको चितवनका लागि शक्तिले गत सिजन ७ खेलमा ३ विकेट लिएका थिए । शक्तिले गत बर्ष एभरेष्ट प्रिमियर लिगदेखी घरेलु क्रिकेटबाट विश्राम लिइसकेका छन् ।

बुटवल ब्लास्टर्सले राष्ट्रिय टोलीबाट खेलिसकेका अलराउन्डर सागर पुन, स्पिनर अनिल खरेल र विकेटकिपर प्रकाश केसीलाई फुकुवा गरेको छ । सागर गत पुषमा ईपीएल चोट बोकेदेखि मैदानबाहिर छन् । खुट्टाको चोटका कारण शल्यक्रिया गरेका उनी मैदान बाहिर रहेका छन् । सागरले गत वर्षको पीपीएलमा ५ खेलमा ३ विकेट लिनुको साथै ७९ रन जोडेका थिए ।

विराटनगर टाइटन्सले हिमांशु दत्त, ओपनर जितेन्द्रसिंह ठकुरी र विकेटकिपर रविन जोशीलाई फुकुवा गरेको जनाएको छ । त्यस्तै दीपेन्द्र सिंह ऐरी कप्तान रहेको एक्सपर्ट धनगढी ब्लुजबाट विकेटकीपर दिलिप नाथ, अलराउन्डर योगेन्द्र सिंह कार्की र सन्तोष भट्ट फुकुवा भएका छन् । गत वर्ष दिलिपले ५ खेलमा ३२ रन मात्र जोडेका थिए । योगेन्द्र सिंह कार्कीले २ खेलमा २३ रन बनाउनुको साथै १ विकेट लिएका थिए ।

ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन वारियर्सबाट ओपनर नरेश बुढाएर, सुधिर चौधरी र तीव्र गतिका बलर सुमित झा फुकुवामा परेका छन् । टोलीले गतवर्ष काठमाडौं रोयल्स नाम रहेकोमा यस सिजन नाम परिवर्तन गरेको हो । दोस्रो संस्करणको पीपीएल मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशालामा हुने छ ।

यो पनि : पीपीएल : कुशलसहित यू-१९ का ४ खेलाडी अनुबन्धित

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.