6 years ago
November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को नयाँ सिजनका लागि ६ फ्रेन्चाइज टोलीले अनुबन्ध र फुकुवा हुने खेलाडीको नाम सार्वजनिक गरेका छन् ।

अनुबन्ध हुने नयाँ खेलाडीमा सिनियर टोलीबाट खेलिसकेका बायाँ हाते युवा अलराउन्डर कुशल मल्ल १ लाख ५० हजारमा शरद भेषावकर कप्तान रहेको पोखरा पल्टनमा अनुबन्ध भएका छन् । पोखरा गत सिजनको च्याम्पियन समेत हो । कुशलले तल्लोक्रममा आक्रमक सट प्रहार गर्नुका साथै स्पिन बलरको भूमिका निर्वाह गर्नेछन् । यू१९ टोलीकै तीव्र गतिका बलर आकाश चन्दलाई पनि पोखराले ५० हजारमा रुपैयाँमा भित्र्याएको छ । आशकले तल्लोक्रममा ठूलो सट खेल्ने क्षमता राख्छन् ।
एक्सपर्ट धनगढी ब्लुजले मध्यक्रमका ब्याट्सम्यान सुनम गौतम र स्पिनर अनिल खरेललाई समान ५० हजारमा अनुबन्ध गरेको छ । सुनमले अष्ट्रेलियाबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । स्पिनर अनिललाई यसै सिजन बुटवल ब्लास्टर्सले फुकुवा गरेको थियो । यता नरेश बुढाएरलाई फुकुवा गरेको काठमाडौं गोल्डेन वारियर्सले सिनियर टोलीका ओपनर तथा विकेटकीपर सुवास खकुरेल र तीव्र गतिका बलर अमृत भट्टाईलाई समान ५० हजारमा भित्र्याएको छ ।

यू१९ का अलराउन्डर शेर मल्ल र तीव्र गतिका बायाँ हाते बलर कमल खत्रीलाई बुटवल ब्लास्टर्सले अनुबन्ध गरेको छ । शेरलाई ५० हजार र कमललाई ३० हजारमा अनुबन्ध गरिएको हो । विकेटकीपर दिलिप नाथलाई ७५ हजारमा विराटनगर टाइटन्सले भित्र्याएको छ । दिलिपलाई धनगढीले फुकुवा गरेको थियो । विराटनगरले यू१९ का ओपनर लोकेश बमलाई ५० हजारमा भित्र्याएको छ ।
गत सिजनको उपविजेता चितवन राइनोजले तीव्र गतिका बलर विक्रम सोबलाई १ लाख ३० हजार खर्चेर टोलीमा अनुबन्ध गरेको छ । त्यस्तै पोखराले फुकुवा गरेको स्पिनर विक्रम भुषाललाई चितवनले ५० हजारमा भित्र्याएको छ । पीपीएल मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशालामा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]