default_image

6 years ago

November 25, 2019

सन्दीपको स्थान रोहितले लिने

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी रोहित कुमार पौडेल १३ औं दक्षिण एसियाली खेलकुद(साग) को अन्तिम टोलीमा स्थान पाएका छन् ।

अन्तिम घोषणा टोलीमा रहेका लेग स्पिनर सन्दीप लामिछानेले दुबै आँखाको सामान्य शल्यक्रिया गरेपछि साग गुमाउने भएका छन् । सन्दीपको स्थानमा यू१९ टोलीको कप्तानी गरिसकेका तथा सिनियर टोलीबाट विश्वकीर्तिमान कायम गरेका रोहितलाई मौका दिएको व्यवस्थापक सुमनराज कार्कीले जानकारी दिएका छन् । रोहित यस अघि सागको अन्तिम घोषणा टोलीमा वैकल्पिक सुचिमा थिए ।

टाढाको बस्तु धमिलो देख्ने तथा चश्मा लगाउनु पर्ने अवस्था आएपछि दीर्घकालीन समयलाई असर नगरोस भनि सन्दीपले आँखाको शल्यक्रिया गरेका हुन् । रोहित टोलीमा आएसँगै नेपालको ब्याटिङ थप बलियो बन्ने छ । सागमा नेपालले पहिलो खेल श्रीलंका यू२३सँग मंसिर १७ मा खेल्ने छ । मंसिर १९ मा भुटान,मंसिर २० मा माल्दिभ्ससँग खेल्ने छ । मंसिर २१ मा नेपालले बंगलादेश यू२३सँग खेल्ने छ ।

सागको लागि नेपाली टोली :

ज्ञानेन्द्र मल्ल(कप्तान), पारस खड्का, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, आरिफ शेख, अभिनास बोहोरा, कुशल भुर्तेल र राशिद खान ।

वैकल्पिक खेलाडी :

भिम सार्की र सागर ढकाल ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.