9 years ago
June 21, 2016
हरारे (एजेन्सी)– भारतले सोमबार जिम्बावेलाई १० विकेटले हराउँदै ट्वान्टी–२० क्रिकेट श्रृखंलामा १ –१ को बराबरी गरेको छ । तीन वटा खेलको अन्तिम खेल अब निर्णायक बन्न भएको छ । पहिलो खेलमा भारत पराजित भएको थियो ।
एक सय रनको लक्ष्य पछ्याएको भारतले ४१ बल अघि नै विकेट नगुमाइ १ सय ३ रन बटुलेको थियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो ।
सहज लक्ष्य पछ्याएको भारतका लागि ओपनर मन्दीप सिंहले नकआउट अर्धशतक पुरा गरे भने लोकेश राहुलले नटआउट ४७ रन बनाए । समान ४० बल खेलेका उनीहरु मध्ये राहुले २ चौका र त्यत्तिनै छक्का प्रहार गरे । ५२ रन जोडेका मन्दीले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।
त्यसअघि विरेन्दर स्रान र जसप्रित बुमराको धारिलो बलिङले जिम्बावेको ब्याटिङ लाइनअप तहस नहस भएको थियो । ४ ओभर बलिङ गरेका म्यान अफ दी विरेन्दरले १० रन दिएर ४ विकेट लिए । जसप्रितले ४ ओभरमै ११ रन खर्चेर ३ विकेट लिए । धवल कुलकर्णी र युजभेन्दर चाहालले समान १ विकेट लिए ।
घरेलु टोलीका लागि पिटर मोरले सबैभन्दा बढी ३१ रन बनाए । ओपनरद्वय चामु चिबाबा र हामिल्टन मासाकाड्जाले समान १०, मालकोम वालेर १४ र डोलाल्ड टिरिपोनाले ११ रन बनाए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो रनमा स्कोर बनाउन सकेनन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]