default_image

6 years ago

November 29, 2019

क्रिकेटमा सेमिफाइनल खेल्ने माल्दिभ्सको लक्ष्य

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्स राष्ट्रिय क्रिकेट टोलीका कप्तान मोहम्मद मोहफूजले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सको पहिलो लक्ष्य सेमिफाइनल पुग्ने बताएका छन् ।

बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल ए सँगको अभ्यास खेलको क्रममा हाम्रो खेलकुदसँग कुरा गर्दै महफूजले यस्तो बताएका हुन् । ‘अभ्यास खेल मिलाइदिएकोमा सर्वप्रथम नेपाल क्रिकेटलाई धन्यावाद । आजको खेलमा ब्याटिङ अलि कमजोर रहयो तर पनि हामीले राम्रो अनुभव  बटुल्यौं । बलिङ र फिल्डिङमा हामीले राम्रो गर्यौ’, महफूजले भने, ‘बाँकी दुई अभ्यास खेलमा राम्रो गर्ने छौं । नेपाल हामी भन्दा धेरै माथिल्लो स्तरको टोली हो । अनुभवदेखि हरेक कुराले हामी नेपालभन्दा धेरै पछि छौं ।’

‘सागमा सबै टोलीलाई राम्रो प्रतिसपर्धा दिने छौं । सेमिफाइनल पुग्ने पहिलो लक्ष्य हो, त्यसपछि मात्र मेडलको लागि सोच्ने छौं । त्यसको लागि कम्तीमा हामीले एक खेल जित्नुपर्ने हुन्छ’, उनले भने ।

‘उनले टोलीको ब्याटिङ भन्दा फिल्डिङ र बलिङ राम्रो भएको बताए । पछिल्ला खेल मलेसिया र थाईल्यान्डलाई कडा प्रतिस्पर्धा दिएका थियौं । हामीले हरेक दिन क्रिकेट सिकिरहेका छौं । साग हाम्रो लागि ठूलो अवसर हो’, महफुजले भने ।

बिहीबार अभ्यास खेलमा नेपाल ए सँग माल्दिभ्स ४९ रनले पराजित भएको थियो । माल्दिभ्सले शुक्रबार पनि नेपाल ए सँग अभ्यास खेल्ने छ । नेपाल ए को कप्तानी शरद भेषावकरले गरेका छन् । सागको राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई नेपाल ए मा समेटिएको छ ।

साग मंसिर १५ देखी २४ सम्म चल्ने छ । साग पुरुषमा नेपाल सहित माल्दिभ्स, भुटान, बंगलादेश र श्रीलंकाको यू२३ टोली रहेका छन् । खेल लिगको आधारमा हुने छ । शीर्ष दुई टोली स्वर्णको लागि प्रतिसपर्धा गर्ने छन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकका लागि भिड्ने छन्।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.