default_image

4 years ago

December 2, 2019

साग महिला क्रिकेट : माल्दिभ्समाथि सहज जितको लक्ष्य

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा आज नेपालले माल्दिभ्ससँग खेल्दै छ। खेल बिहान ११ बजेदेखी पोखरा रंगशालामा सुरुहुने छ ।

नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपाल तुलनात्मक रुपमा कमजोर माल्दिभ्समाथि सहज जित निकाल्दै सागमा सुखद सुरुवात गर्न चाहान्छ । माल्दिभ्स महिला टोलीको लागि नेपालसँगको प्रतिस्पर्धा पहिलो अन्तर्राष्ट्रिय खेल हुने छ । त्यसैले माल्दिभ्सका खेलाडी राम्रो प्रभाव छोड्न हरप्रयास गर्नेछन् । माल्दिभ्स महिला टोली सागमा जितभन्दा पनि सिक्न धेरै चाहाने छ । नेपाली ए महिला टोलीले अभ्यास खेलमा माल्दिभ्सलाई ६ विकेटले पराजित गरेको थियो ।

माल्दिभ्सको कप्तानी मारियाम जुनाले गर्नेछिन् । माल्दिभ्सकी तीब्र गतिकी बलर शाम्मा अली नेपाली ब्याटरलाई घातक बन्न सक्छिन् । उनले अभ्यास खेलमा राम्रो प्रभाव छाडेकी थिन् । शाम्माले अभ्यास खेलमा नेपाल ए का दुई ब्याट्सम्यानलाई योर्कर बलमा बोल्ड आउट गरेकी थिइन् । माल्दिभ्सकी कप्तान जुनाले पहिलो अन्तर्राष्ट्रिय खेले भएको हुँदा राम्रो गर्न प्रयास गर्ने बताइन् । माल्दिभ्समा सबै युवा खेलाडी रहेका छन् ।

माल्दिभ्सको टोलीबारे नेपाली महिला क्रिकेट टोली अनविज्ञ्य छ । कप्तान रुबिना क्षेत्री बेलबासेले माल्दिभ्सको टोलीबारे केहि जानकारी नभएको बताउछिन् । पोखरा जानु अघि कप्तान रुबिनाले भनिन्, ‘श्रीलंका र बंगलादेशको टोलीबारे राम्रोसँग थाहा छ, माल्दिभ्सको बारे केहि थाहा छैन, माल्दिभ्सको महिला टोलीको गुगलमा खोज्दा पनि भेटिदैन’।

नेपालको ओपनिङ विकेटकीपर काजल श्रेष्ठ र अलराउन्डर सोनु खड्काले गर्ने संभावना छ । अप्सरी बेगम, उप कप्तान सिता राना मगर, इन्दु बर्माले शीर्षक्रम समाल्ने छन् । कप्तान रुविना क्षेत्री, ममता चौधरी र सरिता मगर मध्यक्रमका हतियार हुने छन् । डब्लूसिएलमा उत्कृष्ट प्रर्दशन गरेकी सुमनको डेब्यू लगभग पक्कापक्कि जस्तै देखिन्छ । फिनिसरको रुपमा हिटर डली भट्ट र सुमन रहने छिन् । नेपालले तीब्र गतिका बलरको रुपमा अन्जली चन्द र कविता कुँवरलाई मैदान उतार्ने संभावना देखिन्छ । सागमा नेपाली महिला टोलीको लक्ष्य स्वर्ण जित्ने रहेको छ ।

माल्दिभ्सको पूर्ण टोलीः

हफ्सा अब्दुल्ला, मारियाम जुना (कप्तान), मारियाम एसाल, आईशाथ आइमा, हमजा नियाज, सुम्या हमिद, फथिमाथ साजा, फथिमाथ किनानाथ, शाम्बा अली, हलिमाथ लैसा, अली सलिम, मारियाम लिन, फथिमाथ माहा र नाबा नसीम ।

नेपाली महिला पूर्णटोली:

रुबिना क्षेत्री बेलबासे(कप्तान), सीता रानामगर(उपकप्तान), इन्दु बर्मा, काजल श्रेष्ठ(विकेटकीपर), करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, सुमन खतिवडा (शान्ती), रोमा थापा, डली भट्ट र कविता कुँवर ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.