6 years ago
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा कास्य जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकेटले हराउँदै कास्य जितेको हो । ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका आरिफ शेखले २८ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३२ रनको योगदान दिए ।
पवन सरार्फ १० र रोहित कुमार पौडेल १५ रनमा अविजित रहे । ओपनर पारस खड्कालाई दोस्रो ओभरको पाँचौ बलमा लिम सफिगले उमर एडमबाट ३ रनमा क्याच आउट गराए । ज्ञानेन्द्र मल्ललाई नवौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा उमर एडमले नजवान इस्लामबाट २२ रनमा क्याच आउट गर्दै पेभिलिएन फर्काए ।
ज्ञानेन्द्रले २४ बलमा २ चौका प्रहार गरे । ११ औं ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीलाई उमर एडमले २ रनमा एलबी डब्लू आउट गरे । यसै ओभरको पाँचौ बलमा आरिफ शेख रन आउट हुन पुगेका थिए । विनोद भण्डारी ११ बलमा २ चौका सहित १२ रनमा रन आउट भए । माल्दिभ्सका उमर एडमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । लिम सफिगले १ विकेट लिए ।
त्यसअघि सोमबार विहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन बनाएको थियो । सुसन भारीले ओपनर मोहम्मद रिजवानलाई १७ रनमा बोल्ड आउट गर्दिए । रिजवानले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
छैटौं ओभरको तेस्रो बलमा ललित नारायण राजवंशीले अर्का ओपनर अहमिद हसनलाई ६ रनमा बोल्ड आउट गरे । ललितलेनै आठौं ओभरको पहिलो बलमा फजान फरहतलाई २ रनमा एलबी डब्लू आउट गरे । दुई बलपछि इब्राहिम हसन शून्यमा रन आउट भए । नवौं ओभरको पहिलो बलमा विकेटकीपर मोहम्मद आजमलाई पारसले शून्यमा रन आउट गरे ।
लगतै अर्को बलमा पारसले उमर एडमलाई ११ रनमा बोल्ड आउट गरेपछि माल्दिभ्सबाट ठूलो इनिङको संभावना सकिएको थियो । कप्तान मोहम्मद महफूज ठूलो सर्ट खेल्ने धुनमा ज्ञानेन्द्रबाट १६ रनमा क्याच आउट भए । उनले अमिल माउरुफ १३ रनमा रन आउट भए । उनले २४ बलमा १ चौका प्रहार गरे । लिम सफिग ११ बलमा २ चौका र १ छक्का सहित १९ रनमा नट आउट रहे । स्पिनर ललित नारायण राजवंशीले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए ।
पारसले ४ ओभरमा १ मेडन सहित १८ रन खर्चेर १ विकेट लिए । सुसन भारीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट आफ्नो नाममा राखे । नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनले हराएको थियो । माल्दिभ्सलाई ८४ रनले हराएको थियो । बंगलादेशसँग ४४ रनले पराजित भएपछि नेपालको स्वर्णको संभावना सकिएको थियो । स्वर्णको लागि श्रीलंका र बंगलादेश भिड्दै छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]