6 years ago
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । प्रतियोगिताभर ५ खेलमा २ सय १२ रन बनाएका ज्ञानेन्द्रले श्रीलंका र बंगलादेशका टेष्ट खेलाडीलाई पछि पर्दै उत्कृष्ट ब्याट्सम्यान चुनिए ।
ज्ञानेन्द्रले श्रीलंका यू२३ विरुद्ध २१, भुटानविरुद्ध १ सय ७, माल्दिभ्सविरुद्ध १९, बंगलादेश यू२३ विरुद्ध ४३ र माल्दिभ्सविरुद्ध २२ रन जोडेका थिए । त्यस्तै सागमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा श्रीलंकन पाथुम निसान्का रहे । उनले ४ खेलमा २ अर्ध शतक सहित २ सय ११ रन बनाए ।
५ खेलमा १० विकेट लिएका बंगलादेशका स्पिनर तनवीर इस्लाम उत्कृष्ट बलर चुनिए । बंगलादेशलाई स्वर्ण दिलाउन उनको प्रर्दशन महत्वपूर्ण रह्यो । श्रीलंकाका कप्तान कामिन्दु मेन्डिस प्रतियोगिताकै सर्वोउत्कृष्ट (म्यान अफ द टुनामेन्ट) घोषित भए ।
कामिन्दुले ४ खेलमा ५ विकेट लिनुको साथै १ शतक सहित १ सय ३४ रन जोडेका थिए । सोमबार बंगलादेशले श्रीलंकालाई हराउँदै स्वर्ण जित्यो । नेपालले माल्दिभ्सलाई हराउँदै कास्य जितेको थियो । भुटान जित बिहीन हुँदै फर्कियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]