default_image

4 years ago

December 15, 2019

पीपीएलमा पुनरागमन गर्दै आक्रामक सिद्धान्त

काठमाडौं (हाम्रो खेलकुद) – युवा हिटर सिद्धान्त लोहनीले पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटबाट घरेलु क्रिकेटमा पुनरागमन गर्दै छन् । सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सको टोलीमा रहेका सिद्धान्तले घरेलु क्रिकेटमा ६ महिनापछि पुनरागमन गर्न लागेका हुन् । गत जेठ तेस्रो सातामा प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश १ बाट कर्णाली प्रदेशविरुद्ध टियु क्रिकेट […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा हिटर सिद्धान्त लोहनीले पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटबाट घरेलु क्रिकेटमा पुनरागमन गर्दै छन् । सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सको टोलीमा रहेका सिद्धान्तले घरेलु क्रिकेटमा ६ महिनापछि पुनरागमन गर्न लागेका हुन् ।

गत जेठ तेस्रो सातामा प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश १ बाट कर्णाली प्रदेशविरुद्ध टियु क्रिकेट मैदानमा खेल्नेक्रममा खुट्टामा चोट लागेपछि ६३ रनको स्थितिमा मैदान छाडेका थिए । पछि उनले लिगामेन्टको शल्यक्रिया गरेपछि ४ महिना मैदानबाहिर रहनु पर्यो ।

पीपीएलबाट पुनरागमन गर्न लागेका सिद्धान्तले आफु फिट भएको बताएका छन् । ‘मेरा लागि राम्रो अवसर हो । पहिलाको जस्तो पूर्णरुपमा अझैं खुलेको छैन, अभ्यासमा ब्याटिङ पनि गरिरहेको छु, कुनै गाह्रो छैन । मैले उत्कृष्ट प्रर्दशन गर्न हरप्रयास गर्ने छु’, उनले हाम्रो खेलकुदसँग भने ।

सिद्धान्तले गत वर्ष नेपाल पुलिस क्लब छाडेर प्रदेश १ टोलीमा फर्किएका थिए । पुलिस टोलीमा ओझेलमा परेपछि आफुलाई प्रमाणित गर्न प्रदेश टोलीमा फर्किएको बताउँछन् । पुलिस क्लब छाड्दा उत्कृष्ट प्रर्दशन गर्न थप दबाब रहेको उनको बुझाइ छ ।

सन् २०१५ मा आईसीसी टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध डेब्यूमै हेलिकप्टर सट सहित २७ रन जोडेपछि उनको चर्चा रातारात चुलिएको थियो । त्यसयता भने सिद्धान्त आफ्नो परिचय सिद्ध गर्न नै संघर्षरत छन् । उनले घरेलु क्रिकेटमा लगातार कमजोर प्रर्दशन गर्दै आएका छन् ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.